साउन २४, २०७९
विगत केही समययता युक्रेनका विषयमा पश्चिमा सञ्चारमाध्यमहरूमा आएका सामग्री हेर्दा भोलोदीमीर जेलेन्स्कीलाई पश्चिमले परित्याग गर्न खोजेको संकेत पाइन्छ । एम्नेस्टी इन्टरनेसनल नामक मानवअधिकारवादी संस्थाले पाँच ...
पुस १९ को हेरिटेज गार्डेन बैठकबाट पदाधिकारी निर्वाचित नभएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सोधियो अब पदाधिकारीको चयन कहिले ?
प्रचण्डले स्पष्ट र सिधा जवाफ दिए, ‘वर्षमान पुन नेपाल फर्किएपछि ।’
नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक पुस १९ मा सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा बोलाइएको थियो ।
उक्त बैठकले माओवादी केन्द्रको पदाधिकारी चयन गर्न सक्ने भन्दै माओवादी कार्यकर्ताले चासोपूर्वक लिएका थिए ।
बैठकले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचित गर्यो । त्यसपछि बैठकको अध्यक्षता गरेका प्रचण्डले पुस २५ सम्मका लागि बैठक स्थगित गरिदिए ।
त्यसदिन प्रचण्डले भनेका थिए, ‘वर्षमान पुन र ओनसरी घर्ती उहाँहरू पार्टीको सिनियर नेता हो । उहाँहरू अहिले उपचारको लागि विदेशमा हुनुहुन्छ । भोलि (पुस २०) डिस्चार्ज भएर नेपाल आउने कुरो छ । उहाँहरूको पनि सहभागितामा नै पदाधिकारी चयन हुन्छ ।’
वर्षमानलाई जटिल प्रकृतिको जण्डिसले सताएका कारण उनी अहिले उपचारका लागि चीनमा छन् । शुरूमा उनी ललितपुरको सुमेरू अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । त्यहाँ उनको स्वास्थ्यमा खासै सुधार नभएपछि थाइल्याण्ड बैंककस्थित समितिभेज अस्पताल लगिएको थियो ।
त्यहाँ पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि चीनको सेनजेनमा रहेको थर्ड पिपुल्स हस्पिटल लगिएको थियो । अहिले भने उनको स्वास्थ्यमा केही सुधार आएकाले अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
आठौं महाधिवेशनपछि पार्टीको नेतृत्वदायी जिम्मेवारी बाडफाँटको लागि प्रचण्डले पार्टीभित्र प्रभावशाली पकड कायम गरेका नेता वर्षमानलाई पर्खिरहेका छन् ।
राष्ट्रिय सम्मेलनलाई निमेषभरमै महाधिवेशनमा परिणत गरेर नेतृत्व निर्वाचनको दौडमा होमिएका प्रचण्डको बेगमा वर्षमानले ‘ब्रेक’ लगाइदिए ।
माओवादी केन्द्रमा प्रतापी मानिएका प्रचण्डको बेगलाई पनि रोक्न सक्ने वर्षमानको क्षमता के हो भन्ने बुझ्न उनको पार्टीभित्रको पकड र विगतको राजनीतिक विरासतलाई नियाल्नुपर्ने हुन्छ ।
माओवादी केन्द्रमा वर्षमान पुनलाई प्रचण्डको उत्तराधिकारीको रुपमा समेत व्याख्या गर्ने गरिएको छ । यसको खास कारण भनेकै पार्टीभित्र पुनले विस्तार गरेको जरैसम्मको पकड हो ।
त्यसबाहेक माओवादी केन्द्रमा प्रचण्डपछिका चतुर नेताका रूपमा समेत माओवादी नेता कार्यकर्ताले अर्थ्याउने गर्छन् ।
एउटा सन्दर्भ चर्चा गरौं– २०७२ मा संविधान जारी भएपछि एमाले र माओवादी गठबन्धनमा सरकार बनेको थियो । २०७३ को वैशाखमा सरकारमा खटपट आयो । माओवादीले कांग्रेससँग गठबन्धन गर्ने प्रयास गरेको थियो ।
त्यसको तारतम्य वर्षमान पुन लगायतका नेताले मिलाएका थिए । तर, तत्कालीन एमालेका वरिष्ठ नेता माधव नेपालले बन्न लागेको माओवादी–कांग्रेस गठबन्धन असफल बनाइदिए । त्यसबेला प्रचण्डलाई बजेटपछि प्रधानमन्त्री दिने आश्वासन नेपालले दिएका थिए । तर, पार्टी अध्यक्ष ओली प्रचण्डलाई प्रधानमन्त्री छाड्न तयार भएनन् ।
त्यसपछि वर्षमान पुन सक्रिय भए । कांग्रेस नेता विमलेन्द्र निधिलगायतको सहयोगमा फेरि कांग्रेस–माओवादी गठबन्धनको तारतम्य बन्यो । माओवादीले एमालेसँगको साथ छाड्यो र २० साउन २०७३ मा प्रचण्ड प्रधानमन्त्री बने ।
दोस्रो पटक प्रचण्डलाई सिंहदरबारको बागडोर दिलाउन वर्षमानको महत्त्वपूर्ण भूमिका रह्यो ।
२०७४ को निर्वाचनको बेला भने माओवादीले कांग्रेस र एमाले दुवैसँग चुनावी तालमेलको छलफल चलायो । कांग्रेससँग वर्षमान पुनले छलफल गरे । एमालेसँगको संवादमा जनार्दन शर्मा जुटे ।
वर्षमानलाई कांग्रेसले ३० सिटमा तालमेल गर्न सकिने बताए, एमालेले भने ४० सिटको आश्वासन दियो । अन्ततः २०७४ को संघीय चुनावमा एमाले–माओवादीले एउटै घोषणा पत्रमा देशव्यापी चुनाव लडे । दुई पार्टी एकीकरणको छलफल चल्यो । जनार्दन एमालेसँग एकीकरण पक्षमा थिए भने वर्षमान विपक्षमा ।
त्यसबेला आफ्नै पार्टी बलियो बनाउनुपर्ने बरू गठबन्धनमा सरकार चलाउनुपर्नेे तर्क वर्षमानको हुने गरेको माओवादी केन्द्रका नेताहरू सम्झन्छन् ।
३ जेठ २०७५ मा एकीकृत भएका एमाले र माओवादी २३ फागुन २०७७ मा पूर्ववत् अवस्थामा फर्किए । एमाले र माओवादीको एकता टिक्न सकेन । यसबेला फेरि वर्षमान सही देखिए ।
नेकपाबाट विभाजित भएपछि माओवादी केन्द्रले लामो समय संगठन पुनर्जीवित गर्न सकेन । करीब ६ महिनापछि तल्लो तहसम्म पार्टीको संरचना तयार पार्ने भनेर माओवादी केन्द्रले विभाग गठन गर्यो ।
प्रचण्डले वर्षमानलाई योजना तथा अर्थ विभाग प्रमुख बनाए र केन्द्रीय कार्यालयको इन्चार्जको जिम्मेवारी तोकिदिए । त्यसबेला प्रचण्डले वर्षमानलाई आफ्नो उत्तराधिकारीको रूपमा तयार गरिरहेको चर्चा माओवादीभित्र थियो ।
पार्टीको संगठन विस्तारमा देशव्यापी पुग्ने कार्यकर्तासँग पनि राम्रोसँग भिजेका वर्षमानको पार्टीभित्रको शक्ति प्रचण्डले भेउ पाइसकेका थिए ।
माओवादी केन्द्रबाट शीर्ष नेताहरू बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेलहरू बाहिरिएपछि प्रचण्डको निकट सहयोग भएर वर्षमानले हेडक्वार्टरमा कमाण्ड गरे । त्यसयता, प्रचण्डको सहयोगी र विश्वासपात्र भएर उनले काम गरिरहेका थिए ।
५० वर्ष उमेरका वर्षमान छोटो अवधिमा पार्टी र सरकारमा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने नेतामध्येमा पर्छन् ।
२०२८ मा रोल्पाको माडिचौरमा जन्मिएका वर्षमान १४ वर्षकै उमेरमा वामपन्थी विद्यार्थी राजनीतिमा लागेका थिए । उनको विद्यालय शिक्षा र राजनीति दुवैका गुरू कृष्णबहादुर महरा हुन् । उनलाई महराले विद्यालयमा विज्ञान र गणित पढाए भने राजनीतिक दर्शन पनि सिकाए ।
२०५३ सालमा रोल्पा जिल्ला सेक्रेटरी भएका उनी २०५५ सालमा केन्द्रीय सदस्य भएपछि सैन्य र राजनीतिक नेतृत्वमा उदाएका थिए । उनी २०५७ सालमा माओवादीको वैकल्पिक पोलिटब्यूरो सदस्य र २०५९ सालमा पोलिटब्यूरो सदस्य भएका थिए । पोलिटब्यूरोमा पुगेपछि उनी सैन्य क्षेत्रको डेपुटी कमाण्डर भए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि झलनाथ खनालको क्याबिनेटमा उनी ३९ वर्षकै उमेरमा शान्तिमन्त्री बनेका थिए । डा. बाबुराम भट्टराईको क्याबिनेटमा वर्षमान अर्थमन्त्री बन्दा ‘बन्दुक चलाउनेले कसरी अर्थ मन्त्रालय चलाउँछ’ भनेर उनको आलोचना हुने गरेको थियो । तर, उनले अर्थ मन्त्रालयको काममा प्रश्न आउने ठाउँ दिएनन् ।
अहिले अर्थतन्त्रको राम्रो ज्ञान भएको पूर्वअर्थमन्त्रीको रूपमा वर्षमानलाई लिने गरिन्छ ।
वर्षमान आफू त पटकपटक राजकीय जिम्मेवारीमा रहे उनले श्रीमती ओनसरी घर्तीलाई पनि विशिष्ट पदमा पुर्याउन सफल भए । २०६८ मा झलनाथ खनाल क्याबिनेटमै घर्ती युवा तथा खेलकुद मन्त्री भएकी थिइन् ।
संविधान सभाको दोस्रो कार्यकालमा उपसभामुख भएकी घर्ती २०७२ असोजदेखि २०७४ माघसम्म सभामुखसमेत भइन् । राजनीतिक पोर्टफोलियोमा वर्षमानभन्दा ओनसरी माथिल्लो तहमा रहेर काम गरिन् ।
२०७४ को निर्वाचन जितेपछि नेकपाले बनाएको केपी ओली नेतृत्वको सरकारमा वर्षमानले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका थिए । त्यसबेला ओलीसँग निकट सम्बन्ध बनाएको भनेर माओवादी निकट नेताहरू बताउने गर्थे ।
माथिल्लो तहको राजनीतिक जिम्मेवारीमा रहेर काम गरेका दुवै श्रीमान–श्रीमतीको प्रभाव पार्टीमा स्वाभाविक भयो । त्यसले उनीहरूलाई पार्टीको आधार इलाकासम्म स्थापित गराउन सहयोग पुग्यो ।
माओवादी केन्द्रले ८ औं महाधिवेशनबाट पदाधिकारीसहितको पार्टी संरचना बनाउने तयारी गरेपछि वर्षमानलाई महासचिवको दाबेदारका रूपमा हेरिएको थियो । उनले पनि आफू निकट नेता र कार्यकर्तासँग पार्टीमा महासचिवको जिम्मेवारी लिएर कमाण्ड चलाउने बताउँदै आएका थिए ।
वर्षमानको पार्टीभित्रको पकड र राजनीतिक चातुर्यता बुझेका प्रचण्डले उनको अनुपस्थितिमा पार्टीको पदाधिकारी टुंगो लगाउन चाहेनन् । वर्षमानको सहभागिताकै लागि अनेकौँ दबाबका बाबजुद पनि प्रचण्ड एक हप्ताका लागि केन्द्रीय कमिटीको बैठक स्थगित गरेर गृहकार्यमा जुटेका छन् ।
विगत केही समययता युक्रेनका विषयमा पश्चिमा सञ्चारमाध्यमहरूमा आएका सामग्री हेर्दा भोलोदीमीर जेलेन्स्कीलाई पश्चिमले परित्याग गर्न खोजेको संकेत पाइन्छ । एम्नेस्टी इन्टरनेसनल नामक मानवअधिकारवादी संस्थाले पाँच ...
अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमण खतरनाक रणनीतिअन्तर्गत आएको देखिन्छ । एक चीन नीतिलाई परित्याग गरी ताइवानको स्वतन्त्रतालाई समर्थन गर्न अमेरिकाका नवअनुदारवादीहरूले राखिरहेको मागलाई पल...
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको पाँचदलीय गठबन्धन सोमवारदेखि सीट बाँडफाँडको छलफलमा प्रवेश गरेको छ । सीट बाँडफाँड गर्न गठबन्धनले बनाएको कार्यदल सोमवारबाट...
सन् १९९० को नोभेम्बर अर्थात् वि.सं. २०४७ मंसिरमा नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले भारतको भ्रमण गरेका थिए । २०४७ सालको संविधान जारी भएपछि २०४८ सालमा प्रतिनिधि सभाको चुनाव हुने...
चीन र अमेरिकाबीचको सम्बन्ध अहिले निकै चिसिएको छ र त्यसको प्रमुख कारण ताइवान हो । अमेरिकी संसद्की सभामुख न्यान्सी पलोसीले चीनलाई रणनीतिक पासोमा पार्ने उद्देश्यले ताइवान भ्रमण गरेपछि चिनियाँ जनमुक्ति से...
चीनले गरेको कडा विरोधलाई बेवास्ता गर्दै अमेरिकाकी सभामुख न्यान्सी पलोसी मंगलवार (२ जुलाई) राति ताइवान पुगेकी छन् । ताइवानमा पलोसीले शीतयुद्धको भाष्यलाई दोहोर्याउँदै निरंकुशतन्त्रविरुद्ध सतिसाल झ...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...