०१ असार २०८३, सोमबार

मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद् बैठक माघ २१ र २२ मा

मानव अधिकार तथा शान्ति समाजको राष्ट्रिय परिषद् बैठक माघ २१ र २२ मा

मानव अधिकार तथा शान्ति समाजको २४औं राष्ट्रिय परिषद् बैठक (वार्षिक साधारण सभा) माघ २१ र २२ गते हुने भएको छ ।

केन्द्रीय कार्यसमितिको बिहीवारको बैठकले परिषद् बैठक कपिलवस्तुको जितपुर ४ नम्बरमा गर्ने निर्णय गरेको हो ।  

परिषद्को बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन गरिएको छ । 

यस्तै बैठकले समाजका चार जना केन्द्रीय सदस्यहरूले दिएको राजीनामासमेत स्वीकृत गरेको छ । राजनीतिमा सक्रिय भएका कारण दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र सन्तोष रौनियारले राजीनामा दिएका थिए । राजीनामा स्वीकृत भएसँगै शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमिति अब २९ सदस्यीय भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्