०५ साउन २०८३, मंगलबार

२४ घण्टामा थपिए ९६८ संक्रमित

२४ घण्टामा थपिए ९६८ संक्रमित

पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९७१ नमूना परीक्षणमध्ये ५७२ पीसीआर र ३९६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु भने कसैको भएको छैन । हालसम्म मृत्यु संख्या ११ हजार ६०२ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २६२ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १३ हजार ७०९ पुगेको छ । 

हाल मुलुकभर ५ हजार ७४१ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्