साउन ३०, २०७९
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ । अमेरिकाको...
काठमाडाैं | पुस २४, २०७८
दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा–द राइज’ले रिलिजदेखि नै बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । चलचित्रले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाएको छ ।
‘पुष्पा–द रुल’ को छायाँकन कहिलेबाट शुरू गर्नुहुन्छ ?
दुई महिनापछि ‘पुष्पा २’ को छायाँकन शुरू हुनेछ । म केही दिन आराम गर्न चाहन्छु । ‘पुष्पा–१’ देखि ‘पुष्पा–२’ बीचमा ३०–४० दिनको ब्रेक लिँदैछु । यो समय म कतै गएर बिताउन चाहन्छु ।
‘पार्ट–१’ भन्दा ‘पार्ट–२’ बाट दर्शकले बढी अपेक्षा गरेका छन्, के होला ?
हामीले ‘पुष्पा–१’ भन्दा ‘पुष्पा २’ मा धेरै काम गर्नुपर्नेछ किनभने हामीले यति ठूलो अवसर पाएका छौं । त्यसैले हामीले राम्रो उत्पादन बनाउनु पर्छ, यसका लागि हामी थप प्रयास गरिरहेका छौं । भाग २ मा धेरै चुनौतीहरू छन्, यो धेरै रमाइलो पनि हुनेछ।
‘पुष्पा’ ब्लकबस्टर बन्यो, तर पहिलो सकारात्मक प्रतिक्रिया कसको थियो ?
मेरो संगीत निर्देशक देवीश्री प्रसादले संगीत गरिरहनुभएको हुनाले हाम्रो पहिलो अडियन्स पनि उहाँ नै हुनुहुन्थ्यो । उहाँलाई यो फिल्म निकै मन पर्यो । त्यसपछि हाम्रो सम्पादकबाट प्रतिक्रिया प्राप्त भयो । सम्पादन गर्दा उहाँले अभिनय हेरिरहनुभएको थियो, त्यसैले उहाँलाई पनि फिल्म निकै राम्रो लाग्यो । दुवैबाट सकारात्मक प्रतिक्रिया प्राप्त भयो ।
बलिउडमा कुन निर्माता–निर्देशकसँग काम गर्न चाहनुहुन्छ ?
म राम्रो स्क्रिप्ट लिएर आउने जो कोहीसँग काम गर्न चाहन्छु । बलिउडमा धेरै राम्रा फिल्ममेकर छन् । म राम्रो प्रोजेक्ट गर्न चाहन्छु, यसका लागि म खुला नै छु । तर, अहिलेसम्म यस्तो कुरामा कसैले सम्पर्क गरेका छैनन् ।
तपाईंले भन्नुभएको थियो, दुई वर्षमा बलिउडमा केही गर्छु ?
एक–दुई अनौपचारिक बैठक बसे पनि निर्णय भने भएको छैन । कहिले पार्टी आदिमा फिल्मकर्मी भेटिन्छन्, नमस्तेपछि पक्कै पनि सँगै केही राम्रो गर्छौं भन्नुहुन्छ । जब केही हुन्छ तब थाहा भइहाल्छ । यी सबै कुराहरू अहिलेसम्म भएका छन्, तर केही टुंगो लागेको छैन ।
बलिउडमा कुन नायक-नायिकासँग स्क्रिन सेयर गर्न चाहनुहुन्छ ?
मलाई त्यो क्यारेक्टर मन परेको जो कोहीसँग काम गर्न मन लाग्छ । म स्क्रिप्ट धेरै महत्त्वपूर्ण मान्छु । स्क्रिप्टले माग गरेको कलाकारसँग काम गर्न चाहन्छु । मेरो त्यस्तो व्यक्तिगत मनपर्ने कोही छैन । आवश्यकता मेरो मनपर्ने हो । यदि मैले आवश्यकता अनुसार कलाकार पाएँ भने मलाई रमाइलो लाग्छ । जब म स्क्रिप्ट सुन्छु, तब अनुभूति आउँछ कि यो क्यारेक्टर यो कलाकारले गर्नुपर्छ ।
साउथका स्टारजस्तो फ्यान फलोइङ अरू उद्योगमा देखिँदैन, के भन्नुहुन्छ ?
यस्तै छ यहाँको जनताको माया । म धेरै भाग्यमानी छु कि फ्यानहरुको यति धेरै माया पाएको छु । धेरै माया र सम्मान गर्छन् । हामी हाम्रा फ्यानहरूलाई पनि धेरै माया गर्छौं र जिम्मेवार महसुस गर्छौं । मैले केही गल्ती गरेमा त्यसको असर पर्छ भन्ने जिम्मेवारी पनि मेरो हो । त्यसैले म अलि सामाजिक सचेत छु । गिफ एण्ड टेक जस्तै हो ।
फिल्ममा एउटा संवाद छ कि 'पुष्पा झुकेगा नहीँ' वास्तविक जीवनमा यस्तो कुनै फिलोसोफी छ ?
हो, पक्कै पनि हो। म झुक्ने छैन । म पछाडि फर्कने छैन । मलाई अगाडि बढ्नु छ ।
पुष्पराज भन्छन्– यो ब्राण्ड आफैँले बनाएको हो, यहाँसम्म आइपुग्दा कतिलाई श्रेय दिने र आफूले कति लिने ?
यो सबै दर्शकको माया हो, यसमा मेरो केही छैन । यहाँसम्म पुग्ने श्रेय दर्शकलाई जान्छ ।
हिन्दी सिनेमामा कुन फिल्ममेकरलाई विश्वास गर्नुहुन्छ, जसले पर्दामा आफ्नो ट्यालेन्टलाई राम्रो तरिकाले देखाउन सक्छ ?
हामी साउथ इन्डियन हौं र कमर्शियल फिल्म गर्छौं । यदि हामी व्यावसायिक फिल्मको विधाको कुरा गर्छौं भने रोहित शेट्टी बलिउडमा उत्कृष्ट व्यावसायिक फिल्म निर्देशक हुन् ।
पात्रभन्दा बिल्कुलै फरक हुनुहुन्छ, यो लुक्समा आउन कति समय लाग्यो ?
चार लुक टेस्ट दिएँ, जसमध्ये एउटा फाइनल भयो । एकपछि अर्को लुक टेस्ट गरिरहँदा यी चार वटा लुक टेस्ट दिन पूरा दुई महिना लाग्यो । -भास्करबाट
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४’ र ‘मेरो भ्वाइस कप यूएसए २’को ग्राण्ड फिनाले अमेरिकामा सम्पन्न भएको छ । अमेरिकाको...
‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा...
विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उ...
भारतीय चलचित्रका सुपरस्टार सलमान खान ‘टाइगर–३’ र ‘भाइजान’को शूटिङमा व्यस्त छन् । उनले व्यस्त दैनिकीबीच समय निकालेर भारतीय नौसेनाहरूसँग समय बिताएका छन् । व्यस्तताका बीच उनी आईएनइ...
बलिवुड अभिनेता सलमान खान आफ्ना एक छिमेकीका कारण हैरानीमा परेका छन् । सलमान र उनको छिमेकीको झगडा मुम्बईको उच्च अदालतसम्म पुगेको छ । शुक्रवार उक्त मुद्दाको उच्च अदालतमा पहिलो सुनुवाइ गरिएको छ । त्यस दौरान सलमा...
अदिती बुढाथोकी र धीरज मगरको मुख्य भूमिका रहेको चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ । भदौ ३१ गतेका लागि प्रदर्शन मिति तोकेको चलचित्र अब दशैंको फूलपातिको छेकोमा प्रदर्शन हुने भएको निर्द...
शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...
‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...
बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...