×
Bajaj Top
Khukuri
FONEPAY

इसेवामा थपियो ‘सेक्युर्ड ट्रान्सफर’ सुविधा, अबदेखि नचिनेको मानिससँग पनि सामान डेलिभरी गर्न सकिने

काठमाडाैं | पुस २५, २०७८

NTC
TVS INSIDE

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालमै पहिलो पटक ‘सेक्युर्ड ट्रान्सफर’ सेवा  उपलब्ध गराएको छ ।

Sanima Bank
morang Auto yamaha

यो फिचरबाट नचिनेको मानिसलाई समेत सुरक्षित रूपमा रकम तथा सामान उपलब्ध गराउन सकिन्छ । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

नयाँ फिचरबारे इसेवाका चिफ म्यानेजर आशिष गौतमले बताए ।

‘अहिले मैले तपाईलाई सामान दिन्छु भन्ने इसेवामा पैसा हाल्न लगाउने तर सामान नदिने काम भइरहेको छ,’ ‘त्यस्तो कामलाई कम गर्न सक्युर्ड ट्रान्सफर फिचर आएको हो, जहाँ सामान डेलिभर भएपछि मात्र रकम रिलिज हुनेछ ’। 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

यो फिचरबाट इसेवा प्रयोगकर्ताले अर्को इसेवा वालेटमा सुरक्षित रूपमा पैसा पठाउन सक्ने छन् । यो फिचर १ हजारभन्दा माथिको रकम पठाउँदा प्रयोग गर्न सकिने छ ।

यो सेवामा सामान डेलिभर भइसकेपछि पैसा पाउने व्यक्तिले रिक्वेस्ट बटनमा क्लिक गर्नुपर्नेछ, त्यो सूचना पैसा पठाउने व्यक्तिलाई जानेछ । सामान वा सेवा पाएपछि मात्रै पैसा पठाउने व्यक्तिले उक्त रकम रिलिज गर्नुपर्नेछ । साथै यदी सामान पठाएको र नपाएको विवाद भएमा प्रमाणसहित कम्प्लेन गर्न सकिने छ ।

यसले फ्रड कारोबार पनि कम गर्ने इसेवाले जनाएको छ । यो फिचर सःशुल्क उपलब्ध रहेको छ । १ हजारभन्दा माथिको कारोबारमा सेक्युर्ड ट्रान्सपर फिचर प्रयोग गर्न सकिने छ ।

१ हजारदेखि ५ हजारसम्मको कारोबार गर्दा ५ रूपैयाँ शुल्क लाग्ने छ भने ५ हजारदेखि माथिको पैसा पठाउँदा १० रूपैयाँ शुल्क लाग्ने छ  तर यदी सामान नपाएको र पठाएको विवाद भएमा त्यस्तो अवस्थामा सय रूपैयाँ शुल्क लाग्नेछ । यो अटो वा म्यानुअल रूपमा प्रयोग गर्न सकिने छ । यदी तपाईले नचिनेको व्यक्तिलाई पैसा पठाउँदै हुनुहुन्छ भने सेक्युर्ड ट्रान्सफर फिचर प्रयोग गर्न इसेवाले आग्रह गर्नेछ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख २५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । 
 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ६, २०७८

आँखालाई हेरेर मृत्युको भविष्यवाणी गर्न सकिन्छ ?  प्रश्न सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर अब यो सम्भव भएको वैज्ञानिकहरूको अनुसन्धानले पत्ता लगाएको छ ।  आँखा स्क्यान गरेर आफ्नै मृत्युबारे भविष्य...

माघ ५, २०७८

व्यावसायिक सेवा प्रदायक ‘भेटायो’ले काठमाडौं उपत्यकामा आफ्ना सेवाहरु सञ्चालन गरेको छ।  कम्पनीका अनुसार यो आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ। सबै व्यावसायिक सेवाहरूको आवश्यकता सजिलै पूरा गर्न...

माघ ७, २०७८

एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले ‘४जी एलटीई’ नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ।  कम्पनीले &lsqu...

माघ २, २०७८

नेपाल टेलिकमले भोलि (माघ ३ गते) देखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ ।  कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रूची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफ...

माघ ३, २०७८

नेपाल टेलिकमले आज (माघ ३ गते) देखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएको छ ।  कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रूची अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध...

माघ ९, २०७८

नेपालमा कोभिड-१९ को तेस्रो लहर शुरू भएसँगै यतिबेला विद्यालय बन्द छन् भने कलेजहरूले अनलाइन कक्षा शुरू गरेका छन् । यसैबीच विद्यार्थीलाई यस्तो अवस्थामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले इन्टरनेट सेवा प्रदायक कम्पनी ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...