
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको देनकै प्रतिफल नेपाल र नेपाली अस्तित्वमा रहेको बताएका छन् ।
‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगरेका भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’ राप्रपा अध्यक्ष लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भने ।
सिंहदरबार अगाडिको पृथ्वीनारायण शाहको सालिक सामुन्ने उभिएर लिङदेनले भने, ‘पृथ्वीनाराण शाह थिए र त नेपाल छ, हामी नेपाली छौं ।’
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राज्यले उपेक्षा गरेको भन्दै अर्को बर्ष राष्ट्रिय दिवसका रुपमा मनाउन आन्दोलनको रुपमा अघि बढ्ने लिङदेनको भनाइ थियो ।
उनले अहिलेको पुस्ताले पृथ्वीनारायण शाहको योगदानलाई विर्सन नहुने धारणा पनि राखे ।