२८ जेठ २०८३, बिहीबार

चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

चुनावबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलसँग पुस ३० गते शुक्रवार परामर्श गर्ने भएको छ ।

आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको हो । 

‘पर्सि शुक्रवार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौं,’ प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्माले भने ।
 

salt training

कमेन्ट गर्नुहोस्