०९ असार २०८३, मंगलबार

राजधानीमा गएराति वर्षा, कस्तो रहला आज देशभरको मौसम ?

राजधानीमा गएराति वर्षा, कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौंमा गएराति वर्षा भएको छ । वर्षासँगै राजधानीमा बिहीबार केही चिसो महसुश भएको छ । बिहानपख भने वर्षा रोकिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

जसका कारण बिहीबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भूभागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा समेत भइरहेको छ ।

 महाशाखाका अनुसार बिहीबार दिउँसो र रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

salt training

कमेन्ट गर्नुहोस्