
मान्नुहोस्, तपाईंलाई ऋण चाहिएको छ ।
ऋण माग्न जाँदा बैंकले ऋण दिँदैन ।
अब भन्नुहोस् तपाईं यस्तोबेला के गर्नुहुन्छ ?
यहाँ यस्तो घटनाको चर्चा गर्न खोजिएको छ, ऋण नदिएको झोकमा एक व्यक्तिले बैंकमै आगो लगाइदिएका छन् ।
यो घटना भारतको कर्नाटकको हो ।
एक व्यक्तिले ऋणका लागि बैंकमा ऋण निवेदन फर्म भरेका थिए ।
तर बैंकले ऋण निवेदन नै खारेज गरिदियो ।
त्यसपछि ती व्यक्ति निराश र आक्रोशित बने ।
त्यसपछि उनले बैंकमा आगो लगाइदिए ।
घटनापछि प्रहरीले उनलाई गिरफ्तार गरेको छ । कागिनेली पुलिस थानामा राखेर उनीमाथि अनुसन्धान भइरहेको बताइएको छ ।