०९ असार २०८३, मंगलबार

विद्यार्थीले खोप पाउने निश्चित, विद्यालय खुल्ने अनिश्चित

पुस २९, २०७८
विद्यार्थीले खोप पाउने निश्चित, विद्यालय खुल्ने अनिश्चित

उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय खुल्ने भने निश्चितता छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२–१७ उमेर समूहका किशोर–किशोरी लक्षित खोप गत शुक्रबारदेखि लगाउँदै आएको छ । भक्तपुरमा मोडर्ना तथा काठमाडौं र ललितपुरमा फाइजर खोप लगाइँदैछ ।

तीनै जिल्लाका जनस्वास्थ्य कार्यालय प्रमुखका अनुसार भक्तपुरमा करिब ८० प्रतिशत तथा काठमाडौं र ललितपुरमा करिब ४० प्रतिशत खोप लगाइसकिएको छ । काठमाडौं र ललितपुरले मंगलबारबाट खोप अभियान शुरू गरेको हो । नेपाल समाचारपत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्