२५ जेठ २०८३, सोमबार

आईएमई जनरल इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम

आईएमई जनरल इन्स्योरेन्सद्वारा अभिकर्तालाई तालिम

आईएमई जनरल इन्स्योरेन्स लिमिटेडले कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ। 

तीन दिने सो तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता, तालिम तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ। 

उक्त तालिममा देशभरबाट उत्साहजनक सहभागिता रहेको थियो। 

यसबाट बीमा समितिले निर्देश गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख रुपमा वृद्धि भई ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ।

salt training

कमेन्ट गर्नुहोस्