१० असार २०८३, बुधबार

सुख्खा पहिरोले डोजर पुर्दा धादिङमा ३ जना बेपत्ता

सुख्खा पहिरोले डोजर पुर्दा धादिङमा ३ जना बेपत्ता
फाइल तस्वीर

धादिङमा सुख्खा पहिरोले डोजर पुर्दा ३ जना बेपत्ता भएका छन् ।

बिहीवार बिहान सुख्खा पहिरो आउँदा धादिङको रुबिभ्याली गाउँपालिकामा बाटो खनिरहेको डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रूबीभ्याली गाउँपालिका वडा नम्बर १  मा बाटो खनिरहेको डोजरलाई सुख्खा पहिरोले पुरेको हो।

डिएसपी भण्डारीका अनुसार दुई जना अपरेटर र एक जना साइट हेर्ने मान्छे पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

बिहान साढे सात बजेतिर पहिरो खसेको प्रहरीको भनाइ छ ।

घटनास्थलमा प्रहरी पुगिसकेको छ । तर उद्दार भइनसकेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्