१५ असार २०८३, सोमबार

बुटवलको निर्माणाधीन डान्स क्लबमा भीषण आगलागी

बुटवलको निर्माणाधीन डान्स क्लबमा भीषण आगलागी

बुटवलको निर्माणाधीन प्लान बी डान्स क्लबमा शुक्रवार दिउँसो भीषण आगलागी भएको छ । 

सिद्धार्थ कटेज नजिक रहेको क्लबमा केही समयअघि आगलागी भएको हो ।

आगो नियन्त्रणका लागि अहिले बुटवल उपमहानगरपालिकाको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैना नगरपालिकाका दमकल पनि आउँदै गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले जानकारी दिए । 

आगलागी नियन्त्रणको प्रयास जारी छ ।

salt training

कमेन्ट गर्नुहोस्