
मौनी रोयले आफ्नो ताजा फोटोसुटका तस्वीरहरू इन्स्टाग्राममा शेयर गरेकी छन्, जसमा उनी बोल्ड र हट पोज दिएको देख्न सकिन्छ ।
तस्वीरमा मौनी रोयले ट्रान्सपरेन्ट सेतो नेटेड अफ सोल्जर टप लगाएकी छन् । यसका अलावा उनले थाई हाइ क्रप टप लगाएकी छन् । साथै उनले बोल्ड स्टाइलमा पोज दिएकी छन् ।
मौनी रोय पहिलो तस्वीरमा समुद्रको छेउमा चट्टानमा पोज दिई क्यामेरामा हेरिरहेकी छिन् भने अर्को तस्विरमा उनी अर्कै स्टाइलमा देखिएकी छन् ।
मौनी रोयले विभिन्न स्टाइलमा बोल्ड पोज दिएकी छन् । उनी पहाडमा बसेर विभिन्न स्टाइलमा पोज दिइरहेको देख्न सकिन्छ । यस अवसरमा उनको टोन्ड फिगर स्पष्ट देखिन्छ ।
तस्वीर शेयर गर्दै मौनी रोयले लेखेकी छन्, ‘हरेक दिन आफूसँग नयाँ वाचा गर्नुपर्छ, म आफूलाई पहिलेभन्दा धेरै शक्तिशाली र बढी जोखिम लिने ठान्छु ।’ मौनी रोयको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।




