३२ असार २०८३, बिहीबार

कोभिड–१९ को वृद्धिपछि तमिलनाडु सरकारद्वारा जनवरी ३१ सम्म विद्यालय बन्द गर्ने घोषणा

माघ २, २०७८
कोभिड–१९ को वृद्धिपछि तमिलनाडु सरकारद्वारा जनवरी ३१ सम्म विद्यालय बन्द गर्ने घोषणा

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ । 

राज्य सरकारले जनवरी १९ बाट सञ्चालन हुने भनिएको परीक्षा पनि स्थगित गरेको छ ।

तमिलनाडु सरकारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यमा कोभिड–१९ को महामारी पुनः बढेपछि सबै तहका विद्यालयहरूमा पठनपाठन तथा परीक्षाका कार्यक्रम जनवरी ३१ सम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । यस निर्णयसँगै जनवरी १९ देखि सञ्चालन गरिनेगरी तय भएका परीक्षाका कार्यक्रम पनि तत्कालका लागि स्थगित भएका छन् ।” 

तामिलनाडुमा हाल एक लाख ३१ हजारभन्दा बढीमा कोभिड–१९को सक्रिय सङ्क्रमण रहेको बताइएको छ । राज्यमा कोभिड सङ्क्रमित ३६ हजार ९६७ जनाको मृत्यु भएको छ । राज्यमा कूल सङ्क्रमितमध्ये २७ लाख ४७ हजारभन्दा बढी निको भइसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्