३२ असार २०८३, बिहीबार

चांगनको प्रिमियम पिक-अप 'हन्टर'को बुकिङ शुरू, कति छ मूल्य ?

चांगनको प्रिमियम पिक-अप 'हन्टर'को बुकिङ शुरू, कति छ मूल्य ?

चीनको अग्रणी अटोमोबाइल ब्रान्ड चांगन अटोले आफ्नो प्रिमियम पिक-अप 'हन्टर' बुकिङ खुला गरेको छ ।

शुरूवाती मूल्य ७५ लाख ५० हजार रुपैयाँमा कम्पनीले बुकिङ खुला गरेको कम्पनीले जनाएको छ । 

कम्पनीका अनुसार पहिलो ३० ग्राहकमा यो मूल्य लागू हुनेछ |

हन्टर सबै खाले भूभाग र बाटोको लागि उचित हुने कम्पनीको दावी छ ।

हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसमा १९१० सी. सीको डीसप्लेसमेन्ट रहेको छ र यसले १५० एच. पी पावर र ३५० एन. एम टर्क उत्पादन गर्दछ।

यस प्रिमियम पिक-अपको ग्राउन्ड क्लियरेन्स २३० एम एम हो, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ।यस ले १ टन को पेलोड वजन उठाउन सक्छ ।

हन्टर ६-स्पीड औटोमेटिक गेयर ट्रान्स्मिसन्को साथमा आउने गर्दछ, जसले आँफै नै रोड को कन्डीसन अनुसार गेयर बदल्न मदत गर्दछ।

हन्टर को अरु बिशेषता हरु भनेको १० इन्चको एच. डी इन्फोटेनमेन्ट टच स्क्रिन,पुष इन्जीन स्टार्ट बटन, क्रूज कन्ट्रोल, टायर प्रेसर मोनिटरिंग सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, र हिल डिसेन्ट कन्ट्रोल रहेको छ । यसमा आरामदायी पावर अस्सिसटेड सीट पनि रहेको छ। साथ-साथै, हन्टरमा स्पोर्ट मोड र इको-मोड पनि रहेको छ।

 

salt training

कमेन्ट गर्नुहोस्