२६ जेठ २०८३, मंगलबार

दराजको नयाँ ब्राण्ड लोगो अनावरण

दराजको नयाँ ब्राण्ड लोगो अनावरण

दक्षिण एसियाको अग्रणी ई–कमर्स प्लेटफर्म, दराजले मंगलवार आफ्नो नयाँ ब्रान्ड लोगो अनावरण गरेको छ ।  

दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले आजको नयाँ ब्रान्डको शुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला शुरू भएको बताएका छन् । 

‘विगत ७ वर्षमा दराजले धेरै विकास गरेको छ र हामी हाम्रो यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा, कसरी ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियरहरू परिवर्तन गर्दैछौं भनेर देखाउनको लागि ब्रान्डको विकास गर्ने यो सही समय हो,’ उनले भने, ‘ब्रान्डको नयाँ रूप र अनुभूतिले अझै पनि हाम्रो डीएनए– प्रगति, नवीनता, अन्वेषण, र आविष्कारको अंश रहेको तत्त्वहरूलाई प्रतिनिधित्व गर्दछ । एकै समयमा, यसले व्यक्तिगत अनुभवमा परिवर्तनको संकेत गर्छ जसले हामीलाई हाम्रो प्लेटफर्ममा खरिदकर्ता र बिक्रेता दुवैसँग अझ बढी कनेक्टिभिटी सिर्जना गर्न अनुमति दिनेछ ।’

दक्षिण एसियाका पाँचवटा बजारहरू– पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा ई–कमर्सलाई मानिसहरूको दैनिक जीवनको मुख्य भाग बनाउने दराजको महत्त्वाकांक्षा यो नयाँ ब्रान्डको मुख्य चालकहरूमध्ये एक भएको उनको भनाइ छ । 

‘रिब्रान्डको विभिन्न पक्षहरू मध्ये एक उल्लेखनीय परिवर्तन भनेको दराजको लोगो हो । यो नयाँ लोगोले एउटा प्याकेजलाई प्रतिनिधित्व गर्दछ जुन ई–कमर्स प्लेटफर्मले एसएमई बिक्रेताहरूलाई ग्राहकहरूसँग भौतिक रूपमा कसरी जडान गर्दछ भन्ने प्रतीकात्मक छ,’ उनले भने, ‘लोगोको केन्द्रमा एउटा तीर छ जुन प्रगति र द्रुत डेलिभरीमा केन्द्रित छ, तर प्रयोगकर्ताहरूका लागि थप गतिशील सामग्री अनुभव सिर्जना गर्न दराज कसरी निरन्तर नवप्रवर्तन गरिरहेको छ भन्ने प्रतीक ‘प्ले बटन’ जस्तै पनि देखिन्छ ।’ 

रिब्रान्डिङका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ । वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्ने बताइएको छ । 

‘रिब्रान्डिङ र व्यवस्थापन परिवर्तनको साथ यो दराज नेपालमा नयाँ वर्षको नयाँ सुरुवात हो । वृद्धिको अर्को चरणमा, हामी हाम्रा ग्राहकहरू र साझेदारहरूलाई नवीनता, ग्राहक अनुभव, र निजीकरणमा बलियो फोकसका साथ हाम्रो वाचा प्रदान गर्न हाम्रा मूल्यहरू निर्माण गर्न जारी राख्नेछौं । हाम्रो उद्देश्य अपलिफ्टिंग कम्युनिटिस थ्रु द पावर ओफ कमर्सलाई अँगालेर अगि बढ्नेछौं,’ उनले भनिन् । 

ब्रान्ड रिफ्रेसको एक भागको रूपमा कम्पनीले आफ्ना सबै ब्रान्डहरूलाई समग्र दराज ब्रान्ड अन्तर्गत ग्राहकहरूको अनुभवलाई सरल बनाउनको लागि एकीकरण गर्दैछ । ‘दराजले एउटा नयाँ वेबसाइट, म्बचबश।अयm पनि शुरू गरेको छ, जसले नयाँ ब्रान्ड प्रदर्शन गर्छ र मानिसहरूलाई दराज को हो र यसको अर्थ के हो भनेर राम्रोसँग बुझाउँछ,’ उनले भनिन् । 

salt training

कमेन्ट गर्नुहोस्