०७ असार २०८३, आइतबार

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचनामा मौलिकता झल्किने गरी पुनर्निर्माण गर्न गृहमन्त्रीको निर्देशन

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचनामा मौलिकता झल्किने गरी पुनर्निर्माण गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पले क्षतिग्रस्त पुरातात्विक संरचनाको पुननिर्माणको अवस्थाबारे सरोकारवाला निकायसँग जानकारी लिएका छन् ।

मंगलवार गृह मन्त्रालयमा भएको बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, गसठी संस्थानका अध्यक्ष पुण्य भुसाल, सीएलपीआईयूका कोषनाथ अधिकारीसँग भूकम्पले क्षति भएका पुरातात्विक संरचनाको पुननिर्माणबारे जानकारी लिएका हुन् ।

बैठकमा भूकम्पले क्षति पुर्‍याएका पुरातात्विक संरचनाको पुनर्निमाण हालसम्म कति सम्पन्न भयो, कति निर्माणको प्रक्रियामा छन् र पुनर्निमाण सम्पन्न गर्न बाँकी संरचना निर्माण गर्न के के योजना छन् भन्नेबारे मन्त्री खाणले जिज्ञासा राखेका थिए ।

बैठकका सहभागीहरूले गृहमन्त्री खाँणलाई अहिलेसम्म भए गरेका काम र आगामी दिनमा गर्ने योजना रहेका कामबारे जानकारी गराएका थिए ।

गृहमन्त्री खाँणले भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक संरचना पुननिर्माणमा मौलिकता हराउन नहुने भन्दै मौलिकता झल्किने गरी निर्माण गर्न निर्देशन दिए । भूकम्प गएको लामो समयसम्म पनि टेका लगाएका घर र संरचनाहरू देखिएका भन्दै अब छिटो ती संरचनाको पुनर्निमाण सक्न निर्देशन दिँदै मन्त्री खाँणले सरकारले त्यसका लागि गर्नुपर्ने काम के हो जानकारी गराउन आग्रह गरे ।

उनले मूर्तिहरू चोरिने क्रम रोक्नलाई सुरक्षाको प्रबन्ध मिलाउन सरकार तयार रहेको बताए । छलफलमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल पनि सहभागी थिए ।

बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले पुरातात्विक संरचना पुननिर्माणको काम स्थानीयलाई दिएमा चाँडै र राम्रोसँग निर्माण हुने ललितपुरमा पुनर्निमाण गर्दाको अनुभवबाट आफूले बुझेको बताए । उनले ललितपुरका पुरातात्विक संरचना निर्माण गर्दा टेण्डर गर्न हुन्न भन्ने पाठ आफूले सिकेको पनि बताए ।

salt training

कमेन्ट गर्नुहोस्