०१ साउन २०८३, शुक्रबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलवार पीसीआर परीक्षणका क्रममा उनलाई संक्रमण पुष्टि भएको उनका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले बालुवाटारस्थित सरकारी निवासमा स्वास्थ्यलाभ गरिरहेका छन् ।

रुघाखोकीजस्ता समस्या आएपछि उनी स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै केही दिन निवासमै आइसोलेसनमा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्