जेठ ७, २०७९
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह) ले फराकिलो अग्रता बनाएका छन् । यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि निकटतम् प्रतिद्वन्द्वीको भन्दा झण्डै तेब्बर ब...
बुटवल | माघ ५, २०७८
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ ।
नयाँ भवनको बुधवार पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गरे । पौडेलले भर्चुअल रूपमा भवन उद्घाटन गरेका हुन् ।
भवनको शिलान्यास पनि पौडेलले नै गरेका थिए । नगर प्रमुख शिवराज सुवेदीले आफ्नो कार्यकालको अन्तिम समयमा आधुनिक भवनको निर्माण गरेका छन् ।
महानगरीय अवधारणाका साथ नयाँ भवन निर्माण गरिएको बुटवलको दाबी छ । पुरानो भवनका अधिकांश कार्यकक्ष भूकम्पले क्षतिग्रस्त भएका कारणले र सेवाग्राहीको सहजतालाई मध्यनजर गरी नयाँ भवन निर्माण गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको हाल रहेको पुरानो भवनको दक्षिण भागमा रहेको पार्क हटाएर नयाँ अत्याधुनिक कार्यालय भवन निर्माण गरिएको हो । करीब ३ बिगाहा क्षेत्रफलमा निर्माण गरिएको भवनमा प्रमुख प्रशासनिकसहित अन्य ६ वटा ब्लक रहने व्यवस्था गरिएको छ । पहिलो चरणमा ‘ए ब्लक’ अर्थात् प्रमुख प्रशासनिक भवन निर्माणको काम सम्पन्न भएको हो । ४ तलाको अत्याधुनिक भवनको अनुमानित लागत ५४ करोड ७८ लाख ४५ हजार ३८१ रुपैयाँ रहेको थियो ।
निर्माण कम्पनी विकोही, शिवशक्ति, बन्दन भगवती जेभी नयाँबानेश्वरले ४३ करोड ५३ लाख ४९ हजार ५७२ रुपैयाँ ८४ पैसामा २०७८ असारमा सक्ने गरी गत २०७७ असार ६ गते ठेक्का सम्झौता गरेको थियो ।
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन शाह) ले फराकिलो अग्रता बनाएका छन् । यस्तै नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलले पनि निकटतम् प्रतिद्वन्द्वीको भन्दा झण्डै तेब्बर ब...
ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन् । ५० हजार ५२ मत गन्दा महर्जनले २५ हजार ५४० मत पाएका छन् भने नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले १४ हजार ८३८ म...
महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् । प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् ...
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाइरहँदा एमालेका उम्मेदवार केशव स्थापितसँग काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने मतान्तर घटाएकी छन् । अहिले यी दुई उम्मेदवार बीचको ...
काठमाडौं महानगरपालिकाको जारी मतगणनामा काँग्रेसबाट मेयरको उम्मेदवार रहेकी सिर्जना श्रेष्ठ दोस्रो स्थानमा उक्लिएकी छन् । शनिबार राति १० बजे जानकारी गराइएको आधिकारिक मतपरिणामअनुसार सिर्जना दोस्रो स्थानमा उक्लिएकी ...
हावाहुरी र चट्याङ जस्ता प्राकृतिक विपत्तिको घटनामा परेर ५ जनाको मृत्यु भएको छ । यस्तै १२ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बितेको २४ घण्टामा सो घटना...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...