बझाङ, १५ असार - काडा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका राजेन्द्र धामीले ३९४ र उपाध्यक्षमा काँग्रेसकै कल्पना बोहरा ३९४ मतसहित विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वीमा नेकपा एमालेका मानबहादुर बोहरा ३३५ मत प्राप्त गरे ।
यसैगरी मस्टा गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णबहादुर कडायत दुई हजार १४२ र उपाध्यक्षमा भगवतीकुमारी बोहराले दुई हजार १८० मत ल्याई विजयी भएका छन् ।
निकटतम प्रतिद्वन्द्वीमा काँग्रेसका ज्ञानबहादुर बोहराले एक हजार ९१७ मत प्राप्त गर्नुभएकोे मुख्य निर्वाचन अधिकृत पूर्णप्रसाद बास्तोलाले जानकारी दिए।