![बार एशोसिएशनले प्रधानन्यायाधीशविरुद्ध भर्चुअल आन्दोलन गर्ने [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/Nepal_Bar_8TZaYlsniI.jpg)
नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसंगति र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस संक्रमणको जोखिमका कारण भर्चुअलरूपमा गर्ने भएको छ ।
बारका महासचिव लीलामणि पौडेलले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आन्दोलनको स्वरूप परिवर्तन गरिएको जनाइएको छ ।
विज्ञप्तिमा माघ ६ गतेदेखि माघ १८ गतेसम्मका लागि आन्दोलनको भर्चुअल माध्यमबाट निरन्तरता दिने उल्लेख छ ।
बारले कोरोना संक्रमणबाट आम कानून व्यवसायी, सेवाग्राही, अदालतका न्यायाधीश, कर्मचारीलाई बच्न र बचाउनका लागि आन्दोलन, धर्नाका कार्यक्रमलाई हाललाई आन्दोलनको स्वरूप परिवर्तन गरी भर्चुअलरूपमा गर्न लागेको जनाएको छ ।

