३१ जेठ २०८३, आइतबार

एकजना यात्रीले मास्क नलगाएपछि डेढ घन्टा उडेर फर्कियो विमान (भिडियो)

माघ ७, २०७८
एकजना यात्रीले मास्क नलगाएपछि डेढ घन्टा उडेर फर्कियो विमान (भिडियो)

अमेरिकाको मायामीबाट लन्डन गइरहेको एक विमान डेढ घन्टा उडेर फर्किएको छ । 

विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान फर्केको हो । उडान रद्द गरेर एयरलाइन्स कम्पनीले यात्रुहरूलाई अर्को टिकट नकाटुन्जेल होटलमा राखेको छ । 

विमान मायामीमा अवतरण गरेपछि एयरलाइनले प्रहरीलाई खबर गरेको थियो । प्रहरी अधिकारीहरूले मास्क नलगाउने महिला यात्रीलाई मायामी अन्तर्राष्ट्रिय विमानस्थलबाट लगेका थिए । 

अनुसन्धान चलुन्जेल ती महिलालाई एयरलाइनको नो फ्लाई लिस्टमा राखिएको छ । 

ती महिलाले स्थानीय कानून नतोडेकाले पक्राउ गरिएको थिएन । 

गत सेप्टेम्बर महिनामा अमेरिकाका राष्ट्रपति जो बाइडनले विमानमा मास्क लगाउन नमान्ने व्यक्तिहरूलाई ५०० डलरसम्मको जरिवाना सजायको व्यवस्था गरेका थिए । 

उक्त उडान आकाशमा ९० मिनेटसम्म रहेको बेलामा उडान रद्द गरिएको थियो । धेरै यात्रुहरू मायामीमै रात बिताएर बिहीवारको फ्लाइटमा लन्डन गएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्