
पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ९२ नमूना परीक्षणमध्ये ८८१५ पीसीआर र १८८८ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
हालसम्मको मृत्यु संख्या ११ हजार ६३५ छ ।
मन्त्रालयका अनुसार थप ७६६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ ।
हाल मुलुकभर ६५ हजार ३७४ सक्रिय संक्रमित छन् ।