२९ जेठ २०८३, शुक्रबार

एमालेको ‘किल्ला’ इटहरीमा कांग्रेसको अग्रता

कात्तिक २०, २०७४
एमालेको ‘किल्ला’ इटहरीमा कांग्रेसको अग्रता

इटहरी –नेकपा एमालेको किल्ला नै ठानिने इटहरी उपमहानगपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ ।

शुक्रवार बिहानसम्मको ताजा मत परिणाम अनुसार, इटहरी उपमहानगरको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार रोहित प्रसाइँले ७ सय ६९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार द्धारिकालाल चौधरीले ६ सय ३६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उक्त उपमहानगरबाट मेयरकै प्रतिस्पर्धी राप्रपाका रोहितकुमार कार्कीले १ सय २५ मत ल्याएका छन् ।

मत परिणाममा आफ्नो अग्रता देखिएपछि नेपाली कांग्रेस कार्यकर्ताहरुले बिजयको यो अग्रता अन्तिम समयसम्म कायम रहने दावी गरिरहेका छन् ।

नेकपा एमालेले भने कांग्रेस बाहुल्य वडामा कांग्रेसको अग्रता स्वभाभिक रहेको बताएका छन् ।

इटहरी कांग्रेस सभापति हेमकर्ण पौडेलको वडा नम्बर एक र वडाध्यक्षका उम्मेदवार समेत रहेका मणिरामश्रेष्ठको वडा नम्बर २० को गणना भइरहेकोले यसले अन्तिम नतिजालाइ फरक नपार्ने एमाले इटहरीका प्रचार विभाग प्रमुख नवराज नेपालले बताएका छन । ‘इटहरीमा कांग्रेसले बलियो आधार बनाएका क्षेत्रहरु भनेका वडा नम्बर एक र २० हुन् र त्यस्तो ठाँउमा पनि एमालेसँग समान स्थरको मत आउनु भनेको राम्रो संकेत हो’, नेपाल भन्छन, ‘इटहरीका निर्णायक वडाहरु चार, पाँच, आठ र अन्य वडामा एमाले भारि फरकले अगाडि हुन्छ ।’

कुल ७७ हजार ६ सय ७७ मतदाताहरुमा इमटहरीमा ७३ दशमलब ८५ प्रतिशत अर्थात ५७ हजार ३ सय ७९ मत खसेको थियो ।

जसमध्ये वडा नम्बर एकका २ हजार ७ सय ३८ मतदातामा ७६ प्रतिशत अर्थात २ हजार १ सय ८ मत खसेको थियो । त्यस्तै, ६ हजार ६ सय १५ मतदाता रहेको वडा नम्बर विषमा ६९ प्रतिशत अर्थात ४ हजार ६ सय २८ मत खसेको थियो ।

एमाले श्रोतका अनुसार, गणना भइरहेका वडा नम्बर २० र एकमा कांग्रेसले एक हजार मतको हाराहारीको मतले अग्रता कायम गर्दा पनि बाँकी पकेट क्षेत्रले त्यो कभर हुने बताँउदै आएका छन । उता, नेपाली कांग्रेस इटहरीका नेताहरु भने कांग्रेसले दुइ वडामा लिएको अग्रता अन्तिम समयसम्म रहने पक्षेपण गर्दै आफ्नो जित हुने तर्क गरिरहेका छन ।

salt training

कमेन्ट गर्नुहोस्