१७ असार २०८३, बुधबार

यी हुन् कांग्रेस, एमाले र माओवादीले जितेका स्थानीय तह

कात्तिक २०, २०७४
यी हुन् कांग्रेस, एमाले र माओवादीले जितेका स्थानीय तह

काठमाडौं, १६ असार– 
दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत मतदान भएका १, ५ र ७ नम्बर प्रदेशका स्थानीय तहको मतपरिणाम आउने क्रम जारी छ ।

अहिलेसम्म ५ वटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा नेपाली कांग्रेस दुई, नेकपा एमाले दुई र नेकपा माओवादी केन्द्र एक स्थानीय तहमा विजयी भएका छन् ।

नेपाली कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तह प्रमुखमा बझाङबाट जीतको खाता खोल्यो । नेपाली कांग्रेसले बझाङको काँडा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी हासिल गर्दै जीतको खाता खोलेको हो ।

कांडा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसबाट अध्यक्षका उम्मेदवार राजेन्द्र बोहरा र उपाध्यक्षका उम्मेदवार कल्पना बोहरा विजयी भएका हुन् ।

अध्यक्षमा विजयी कांग्रेसका उम्मेदवारले ३ सय ९४ मत प्राप्त गरे भने एमाले उम्मेदवारले २ सय ३६ मत ल्याए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ३ सय ९४ मत ल्याएर विजयी भए भने एमालेका उम्मेदवार ३ सय २६ मत ल्याए ।

संखुवासभाको चिचिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन् । चिचिलाको अध्यक्षमा कांग्रेसका पासाङ नर्वु शेर्पा निर्वाचित भएका छन् भने उपाध्यक्षमा पनि कांग्रेसकै यदुकुमारी राई विजयी भएकी छन् ।

नेकपा एमाले

नेकपा एमालेले पनि जीतको खाता ७ नम्बर प्रदेशको बझाङ जिल्लाबाट खोल्यो । बझाङको मष्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जीत हासिल गर्दै एमालेले खाता खोलेको हो ।

मष्टाको अध्यक्षमा एमालेका कर्णबहादुर कठायत २१४२ र उपाध्यक्षमा एमालेकै भगवतीकुमारी बोहरा २१८० मत ल्याएर विजयी भएका हुन् ।

अध्यक्षमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ज्ञानबहादुर बोहराले १९१७ र उपाध्यक्षमा कांग्रेसकै देवीकुमारी सेटीले १९३० मत प्राप्त गरेका छन् ।

यस्तै ७ नम्बर प्रदेशकै बाजुरा जिल्लाबाट पनि एमालेले विजयी सुरुवात गरेको छ । बाजुराको पाण्डवगुफा गाँउपालिकाको अध्यक्षमा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका कालीबहादुर शाही १४५१ मतका साथ पाण्डवगुफाको अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि एमालेकै ऐना गिरी १४९० मत ल्याएर विजयी भएकी छन् ।


अध्यक्षका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्वार सुन्दर बिष्टले ९८९ मत ल्याए भने उपाध्यका प्रतिद्वन्द्वी कांग्रेसकै तारा रोकायाले ९८७ मत ल्याइन् ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले १ नम्बर प्रदेशका सोलुखुम्बु जिल्लाबाट स्थानीय तह प्रमुखमा जीतको खाता खोलेको छ ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार डम्बर बहादुर बस्नेत ११३६ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । उपाध्यक्षमा पनि माओवादीकै प्रमिला बस्नेत १०४२ मत ल्याएर विजयी भएकी छन् ।

अध्यक्षका निकटम प्रतिद्वन्दीमा नेपाली कांग्रेसका रामबहादुर बस्नेतले ७६० र उपाध्यक्षमा कांग्रेसकै मिना कार्कीले ८२८ मत प्राप्त गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्