१२ असार २०८३, शुक्रबार

नोबेलका सञ्चालकलाई पक्राउ गर्न निर्देशन, मोरङ प्रशासनमा पुग्यो पत्र

माघ ८, २०७८
नोबेलका सञ्चालकलाई पक्राउ गर्न निर्देशन, मोरङ प्रशासनमा पुग्यो पत्र

गृह  मन्त्रालयले  चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजका  सञ्चालकलाई  नियन्त्रणमा  लिएर  ठगी विरुद्धको मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
गृह  मन्त्रालयले  विराटनगरस्थित  नोबेल  मेडिकल  कलेजका  सञ्चालकलाई  नियन्त्रणमा  लिएर  मुद्दा  चलाउन  जिल्ला  प्रशासन  कार्यालय  मोरङलाई निर्देशन दिएको हो ।

मन्त्रालयले बिहीबार पत्र पठाउँदै नोबेल मेडिकल  कलेज  एन्ड  शिक्षण  अस्पतालका  सञ्चालक  डा.  सुनिल  शर्मालाई  नियन्त्रणमा  लिएर  मुद्दा  चलाउन  निर्देशन  दिएको  हो  ।  मोरङका  प्रमुख  जिल्ला  अधिकारी  काशीराज  दाहालले गृहले पत्र पठाएकोले त्यस अनुसार स्थानीय प्रशासनले कारबाहीको प्रक्रिया बढाउने बताए ।  चिकित्सा  शिक्षा  आयोगले  निर्धारण  गरे  बाहेकको शुल्क बुझाउन विद्यार्थीमाथि दवाव बढाउँदै  आएको  नोबेलका  सञ्चालकलाई  पक्राउ गर्न स्थानीय प्रशासनले प्रहरी परिचालन  गर्ने  भएको  खबर गोरखापत्रमा छापिएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्