३१ असार २०८३, बुधबार

तीखो दिमागका लागि यी खानेकुरा खानुस्

कात्तिक २०, २०७४
तीखो दिमागका लागि यी खानेकुरा खानुस्
काठमाडौं— मानिसलाई सफल हुनका लागि मेहनतका साथसाथै तीखो दिमाग आवश्यक हुन्छ । स्मरणशक्ति दह्रो हुनु पनि ठूलो गुण हो । उचित खानेकुराको अभावमा स्मरणशक्ति कमजोर हुन्छ । यसले गर्दा दिमागले सही पोषण पाउँदैन र काम गर्न सक्दैन । यहाँ बताइएका खानेकुराले भने दिमागलाई चुस्त बनाउँछन् ।


१ पालुंगो

हुन त सबै हरिया तरकारीले स्वास्थ्यलाई राम्रो नै गर्छन् तर पालुंगोको साग खाँदा दिमाग तेजिलो हुन्छ । यसमा भएको भिटामिन बी९ ले मस्तिष्कसम्बन्धी अनेकौं विकार उत्पन्न हुन दिँदैन ।

२ आरुबखडा
आरुबखडामा भएका पोषक तत्वले स्मरणशक्ति बढाउँछन् ।

३ डार्क चकलेट
डार्क चकलेटले पनि स्मरणशक्ति बढाउँछ तर यसको कम मात्र प्रयोग गर्नुपर्छ । धेर चकलेट खाँदा तौल बढ्छ ।

४ बदाम
राति दिनदिनै १० वटा बदाम पानीमा भिजाउनुस् । भोलिपल्ट बिहान त्यसलाई मजाले पिँधेर पेस्ट बनाउनुस् र तातो दूधमा त्यो पेस्ट हालेर तीन चम्चा मह मिसाउनुस् । यसलाई पिउँदा दिमाग बढ्छ ।

५ गाजर र बन्दा
एक गाजर र बन्दाका १०–१२ पात काटेर त्यसमा धनियाँ मिसाउनुस् । अनि त्यसमा कालो नून, मरिचको धूलो र कागतीको रस हालेर मज्जाले चपाउँदै खानुस् ।

पञ्जाब केशरी

salt training

कमेन्ट गर्नुहोस्