
गुल्मी, १६ असार - गुल्मीको मुसिकोट नगरपालिका ३ मा अत्यन्तै रोचक चुनावी प्रतिस्पर्धा भएको छ ।
जहाँ थप एक भोट कांग्रेसका उम्मेदवारलाई खसेको भए चुनावी नतिजा जे पनि हुन सक्थ्यो । उनलाई एक मत खसेको भए भोट बराबर हुन्थ्यो । गोलाप्रथा गर्दा जो पनि विजयी बन्न सक्थ्यो ।
तर दुर्भाग्य, उनले गोलापर्थाबाट आफ्नो भाग्य जँचाउन पाएनन् । मुसिकोट नगरपालिका ३ मा नेकपा एमालेका उम्मेदवार २ भोटले विजयी भएपछि अहिले यहाँको चुनावी प्रतिस्पर्धा निकै चर्चित बनेको छ ।
जेठ ३० चुनावी प्रतिस्पर्धालाई कसरी लिनुभएको छ ? भनेर सोध्दा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार झबिलाल भण्डारीले भनेका थिए - मेरो पक्षमा जनमत छ, जित मैले सुनिश्चित देखेको छु ।
जिसी सहितकाे टीमसोही प्रश्न एमाले उम्मेदवार कर्णध्वज जिसीलाई सोध्दा उनले भनेका थिए — मैले जित्छु लेखेर राख्नुस ।
चुनावी प्रचारको दौरानमा कांग्रेसका भण्डारी र एमालेका जिसी वडा अध्यक्ष जित्नेमा ढुक्क थिए । उनीहरुका अभिव्यक्तिले त्यही देखाउँथ्यो । अन्ततः चुनावी परिणामले पनि त्यस्तै देखाएको छ ।
शुक्रवार बिहान ७ बजे घोषणा भएको परिणामले एमालेका उम्मेद्वार जिसी २ भोटले विजयी भएका हुन् । उनलको प्यानल ले नै झिनो मत अन्तरले विजयी भएको छ ।
अहिले कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भण्डारी र उनको टिमलाई कस्तो भइरहेको होला ? ‘मेरो जीत सुनिश्चित नै देखेको थिएँ, तर २ भोटले हारियो,’ भण्डारीले लोकान्तरलाई प्रतिक्रिया दिँदै भने, ‘मैले हारेपनि लोकतन्त्रले जितेको छ ।’
भण्डारीएमालेका जिसीले ६२१ मत ल्याएका छन् भने काँग्रेसका उम्मेद्वार भण्डारीले ६१९ मत ल्याएका छन् । एमालेको गढ भनिएको वडा नम्बर ३ मा सो मात्रामा मत ल्याउनु भनेको पनि महत्वपुर्ण कुरा भएको काँग्रेसीहरुले बताएका छन् ।
मुसिकोट नगरपालिका गुल्मीमा कांग्रेसका कृष्णहरि सापकोटा र एमालेका सोमनाथ सापकोटा मेयरको लागि चुनावी मैदानमा छन् । तुलनात्मक रुपमा एमाले बलियो मानिने यो वडामा कांग्रेसले एमालेलाई टक्क दिइरहेको छ ।
याे पनि,
गुल्मीका ६ ठाउँमा एमाले अघि, गोकर्ण विष्टको गाउँमा चाहिँ कांग्रेसको अग्रता