१५ असार २०८३, सोमबार

अल्लु अर्जुनको लोभलाग्दो कार कलेक्सन, कहाँ जाँदा कुन चढ्छन् ?

माघ ८, २०७८
अल्लु अर्जुनको लोभलाग्दो कार कलेक्सन, कहाँ जाँदा कुन चढ्छन् ?

'पुष्पा' फिल्मबाट देश र विश्वका करोडौं दर्शकको मनमा राज गरेका तेलुगु फिल्म स्टार अल्लु अर्जुनलाई धेरै चर्चामा रहन मन पर्दैन । उनी आफ्नो सादगीका लागि चिनिन्छन् । तर, उनी कार कलेक्सनका भने सोखिन छन् । उनीसँग धेरै लक्जरी कारहरूसँगै एक सुपर लक्जरी भ्यानिटी भ्यान पनि छ । 

अल्लु अर्जुनको लक्जरी कार संग्रहमा हमर एच२, रेन्ज रोभर र जगुआरका साथै अन्य थुप्रै लक्जरियस् कारहरू छन् । 

भ्यानिटी भ्यान (भारू ७ करोड)

तेलुगु सुपरस्टार अल्लु अर्जुनको लक्जरी कारहरूको बारेमा बताउनुअघि, तपाइँलाई थाहा छ कि छैन सन् २०१९ मा उनले फाल्कन नामको सुपर लक्जरी भ्यानिटी भ्यान किनेका थिए, जसको भित्री भाग महल जस्तो छ । अल्लु अर्जुन जब कुनै फिल्मको सुटिङमा जान्छन्, यो भ्यान उनीसँगै रहन्छ ।

हमर एच २

अल्लु अर्जुन विलासिताका साथसाथै मस्कुलर एसयूभीहरूमा पनि निकै रूचि राख्छन्  । उनको ग्यारेजमा हमर एच २ पनि छ । यस एसयूभीको मूल्य ७५ लाख भारतीय रूपैयाँ हो । भारतमा महेन्द्र सिंह धोनी र हरभजन सिंह जस्ता क्रिकेटरसँगै गायक मिका सिंहसँग पनि हमर गाडी छ ।

रेन्ज रोभर भोग

निर्माता अल्लु अरविन्दका ४० वर्षीय छोरा अल्लु अर्जुनसँग आफ्नो ग्यारेजमा प्रिमियम एसयूभी रेन्ज रोभर भोग पनि छ, जसको मूल्य १.८८ करोडदेखि ४.०३ करोड भारू (एक्स-शोरूम) सम्म छ । अल्लु अर्जुनले आफ्नो आवश्यकता अनुसार यो एसयूभीलाई कस्टमाइज गरेका छन् ।

जगुआर एक्सजे एल कार

आर्या २, वेदम, जुलायी र रेस गुरमजस्ता धेरै सुपरहिट फिल्म दिएका अल्लु अर्जुनसँग लक्जरी कार जगुआर एक्सजे एल कार पनि छ, जसको मूल्य १.२ करोड भारू (एक्स-शोरूम) छ । लुक्स र फिचरका हिसाबले यो कार प्रिमियम हो ।

भोल्भो एक्ससी ९० टी ८ एक्सिलेन्ट

अभिनेता र नृत्य मास्टर अल्लु अर्जुन, जसले 20 वर्ष भन्दा बढी समयदेखि अभिनय गरेर दुनियाँलाई चकित पार्दै आएका छन्, उनीसँग लक्जरी सेडान भोल्भो एक्ससी ९० टी ८ एक्सिलेन्ट पनि छ, जसको मूल्य १.३५ करोड भारू (एक्स-शोरूम) हो ।

salt training

कमेन्ट गर्नुहोस्