दाङ १६ असार– दाङका दुईवटा उपमहानगरपालिका तुलसीपुर र घोराहीमा नेकपा एमालेले अग्रता हासिल गरेको छ । मतगणना शुरु भएदेखि नै अग्रता कायम गरेको एमालेले अन्य दलहरुसंगको मतअन्तर फराकिलो बनाउँदै लगेको छ ।
तुलसीपुर उपमहानगरपालिकामा एमाले मेयरका उम्मेदवार घनश्याम पाण्डेले १ हजार ८४ मत प्राप्त गरेका छन् । कांग्रेसका गेहेन्द्र गिरीले ७ सय ८८ मत र माओवादीका शेषुराम भण्डारीले ८० मत ल्याएका छन् ।
घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले २ हजार ५४ मत प्राप्त गरेका छन् । कांग्रेसका भुपवहादुर डाँगीले १ हजार १ सय ८६ मत प्राप्त गर्दा माओवादीका जीवन गौतमले ५ सय ३५ मत प्राप्त गरेका छन् ।
लमही नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । मतगणना चलिरेको ६ गाउँपालिका मध्ये ३ मा माओवादीले अग्रता लिएको छ भने कांग्रेस र एमालेले एक एक गाउँपालिकामा अग्रता लिएका छन्।