०५ असार २०८३, शुक्रबार

सुरक्षाकर्मीमा कोरोना संक्रमण दर बढ्दै, हालसम्म १७ सय संक्रमित

माघ ९, २०७८
सुरक्षाकर्मीमा कोरोना संक्रमण दर बढ्दै, हालसम्म १७ सय संक्रमित

 कोरोना  भाइरस  (कोभिड–१९) को चौतर्फी सङ्क्रमण बढेसँगै सुरक्षाकर्मीमा  सङ्क्रमित  हुनेको  सङ्ख्या  बढ्दै गएको छ ।

कोरोना सङ्क्रमणबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान  विभागमा  कार्यरतमध्ये  एक  हजार ७२१ जनामा सङ्क्रमण पुष्टि भएको छ  ।

 कोरोना  सङ्क्रमण  नियन्त्रण  तथा  व्यवस्थापनको  काममा  सुरक्षाकर्मीहरू  प्रत्यक्ष  तथा  अप्रत्यक्ष  रूपमा  खटिँदै  आएका छन् ।

चारवटा  सुरक्षा  निकायमध्ये  पहिलो  पङ्क्तिमा  खटिने  नेपाल  प्रहरीमा  कार्यरत  सुरक्षाकर्मीमा  सबैभन्दा  बढी  ९५५  जनामा  कोरोना  सङ्क्रमण  देखिएको  छ  । गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्