०७ असार २०८३, आइतबार

साप्ताहिक राशिफल : माघ ९ देखि १५ गतेसम्म कस्तो रहला राशिअनुसार तपाईंको दिन ?

साप्ताहिक राशिफल :  माघ ९ देखि १५ गतेसम्म कस्तो रहला राशिअनुसार तपाईंको दिन ?

मेष

यो हप्ता केहि नराम्रो समाचार पाउँदा क्लेश बढ्नेछ ।  भावनात्मक हिसाबले धेरै बलियो महसुस गर्नु पर्नेछ । गाह्रो अवस्थामा साथीलाई मदत गर्दा तपाईले दुखको छुटकारा पाउनुहुनेछ सम्बन्ध पनि बलियो हुनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । आम्दानी बढ्नुका साथै आर्थिक पक्ष सबल बन्नेछ । अधिकारका लागि केही संघर्ष हुनसक्छ । प्रतिस्पर्धीहरुले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । टाढाको यात्राको संभावना छ ।

वृष

यो साता पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मनोरञ्जन पूर्ण समय रहेको छ . कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ ।  दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

मिथुन

यो साता परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । कसैसंग सामान्य झगडा पनि हुन सक्छ । सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ । बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइलेखाइमा ध्यान केन्द्रित नहुन सक्छ।

कर्कट

यो साता छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । पतिपत्नीमा अविश्वास बढ्ने योग छ । व्यावसायिक यात्रा सम्भावना छ । आतिथ्यपूर्ण सम्मान पाइएला । महत्वपूर्ण निर्णय लिने समय छ। अध्ययनमा प्रगति हुनेछ। वैरभाव राख्नेहरूले हार खानेछन् । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ ।

सिंह

यो हप्ता व्यस्त समयको  बावजुद एक परिवारसंग एक महान समय खर्च गर्नुहुनेछ ।  विवाहबाह्य सम्बन्धबाट टाढा रहनुहोस् । स्वास्थ्यमा समस्या आउन सक्ला र स्वास्थ्य सुरक्षा सम्बन्धी नियमहरु पालना गर्नु महत्वपूर्ण छ  । स्वास्थ्यगत समस्याले  सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला ।

कन्या

यो साता तपाईको प्रतिरक्षा प्रणाली बलियो बनाउनुहोस् । अधिक विचारको कारण तपाईमा नकारात्मकता महसुस गर्नुहुनेछ । तपाईंको शरीरमा केहि नकारात्मक परिवर्तनको कारण, तपाईंको उत्साह कम हुनेछ तर द्रव्यप्राप्तिको योग देखिन्छ । मेहनतले विभिन्न अवसर जुटाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् । बुधबार पछि सुखद समाचारले  उत्साहपूर्ण रहनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ ।

तुला

यो साता तपाई पैसासंग सम्बन्धित ठूलो लगानी बनाउनको लागी कोशिश गर्नुहुनेछ । सम्पत्तीको व्यवहार तपाईको पक्षमा हुनेछ, जस मार्फत तपाईले आफ्नो वित्तीय पक्षलाई सुदृढ पार्न समर्थन पनि प्राप्त गर्नुहुनेछ । व्यावसायिक काममा पनि विभिन्न समस्या आउनसक्छन् । भौतिक साधन जुट्नेछन् । व्यापार व्यवसायमा सामान्य फाइदा भए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा सामान्य  प्रगति हुनेछ ।

वृश्चिक

जागिर परिवर्तन गर्ने चाहना अधिक तीव्र हुनेछ, तर तत्काल नतिजा प्राप्त नभएकोले नकारात्मक सोचले तपाईलाई बढी असर पार्नेछ । पार्टनरको आवश्यकताहरू बुझ्ने प्रयास गर्नुहोस् र मिठो भोजनको लागि आज मिलाउनुहोला । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ ।

धनु

आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ । आम्दानीका स्रोत भने कमजोर बन्नेछन् । बेलैमा होस नपुग्नाले फाइदा गुम्न सक्छ। काममा हस्तक्षेप गर्नेहरू सक्रिय हुनेछन् । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला । काममा अवरोध आउन सक्छ । लेनदेनको विवादले हानि पुर्याउन सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ

मकर

समयमा होस पुग्नाले व्यवहारमा अगाडी परिएला । आफ्नाबाटै नजिकिनु पर्ने स्थिति आउन सक्छ । भैपरी आउने खर्चले चिन्ता बढाएपनि अरु कुरामा लाभनै रहला । धेरै मिहिनेत  पनि राम्रै फल प्राप्त हुनेछ । विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ ।

कुम्भ

यो साता अधिक श्रमका कारण मन र शरीरको थकान महसुस गर्न सकिन्छ । घाँटी दुख्ने वा चिसो असुविधा जस्तो हुन सक्छ ।  व्यापार गतिविधिहरु सामान्य रहन्छ । कार्यस्थलमा गइरहेका समस्याहरूले तपाईलाई दबाब दियता पनि सफलता मिल्नेछ । मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् ।  तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् ।

मीन

 यो हप्ता दाम्पत्य जीवनमा पारस्परिक समस्या आउनसक्ला । घरमा केहि अशान्तिमय वातावरण हुनेछ । आफन्तजनको नमिठो वचनले मन दुखित रहला । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ।

ज्यो. पं.  घनश्याम पोख्रेल  (९८४१४७९७०७)

[email protected]

salt training

कमेन्ट गर्नुहोस्