०३ साउन २०८३, आइतबार

चुनावबारे बाबुरामको टिप्पणी : बिरालो बाँधेर श्राद्ध गरिरहने ?

चुनावबारे बाबुरामको टिप्पणी : बिरालो बाँधेर श्राद्ध गरिरहने ?

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेर्न आग्रह गरेका छन् । 

उनले अहिले मुख्य मुद्दा ३ चरणका स्थानीय तहका कार्यका बैशाख, जेठ, असार र असोजमा पूरा हुने, प्रदेशको पुस र माघमा तथा संघको फागुनमा हुने भएकाले चुनावमा अल्झिन नहुने बताए ।

शनिवार राति एक ट्वीट गर्दै भट्टराईले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला भन्दै प्रश्न समेत गरे । 

उनले भनेका छन्, बिरालो बाँधेर श्राद्ध गरिरहने ? 

 

 
 

salt training

कमेन्ट गर्नुहोस्