२९ जेठ २०८३, शुक्रबार

किसानको मुटु पकाएर खाने यी युवकलाई सुनाइयो यस्तो सजाय

माघ ९, २०७८
किसानको मुटु पकाएर खाने यी युवकलाई सुनाइयो यस्तो सजाय

फ्रान्समा एक युवक अस्पतालबाट भागे । त्यसपछि उनले एक महिलाई कुटपिट गरे । 

महिलालाई कुटपिट गरिरहेकै अवस्थामा ती युवकलाई भीडले समायो र प्रहरीलाई बुझायो । प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगायो की युवक नरभक्षी नै रहेछन् । ती युवकले किसानको मुटु झिकेर सागसब्जीसँग पकाएर खाएको प्रहरीले पत्ता लगायो । 

न्यूयोर्क पोस्टमा प्रकाशित एक रिपोर्टका अनुसार ती युवकको नाम जेरेमी रिमबाउड हो । उनको उमेर ३४ वर्ष भएको बताइएको छ । 

उनी २०११ देखि फ्रान्सको एक अस्पतालमा बन्द थिए  । अस्पतालमा उनको दिमागको उपचार भइरहेको थियो । 

उनी अफगानिस्तानमा सैनिकका रुपमा समेत काम गरिसकेका थिए । अस्पतालबाट भेगेपछि ती युवक फ्रान्सको टोलउस पुगे । त्यहाँ एक महिला आफूले पालेको कुकुर घुमाइरहेकी थिइन् । ती युवकले सोही महिलामाथि आक्रमण गरेको खुलेको बताइएको छ ।

ती युवकलाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । 

२०११ मा नौइल्हानमा ९० वर्षीय किसान लियोपोल्डको उनले हत्या गरेका थिए । प्रहरीका अनुसार उनले किसानको जिब्रो  मुटु झिकेर पकाएर खाएको समेत पुष्टि भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्