
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्रबारे कानूनी तथा राजनीतिक उपचार खोज्ने निर्णय गरेको छ ।
आयोगले राप्रपालाई विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेख भएको ‘सनातन हिन्दूराष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन भनेको थियो ।
राप्रपाले आयोगको पत्रलाई संविधानको मर्म र भावनाविपरीत भएको ठहर गरेको छ ।
त्यस्तै झण्डाको मध्यभागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन भनेर आयोगले पठाएको पत्र राप्रपाको मूल्य र मान्यताविपरीत भएको जनाएको छ ।
विगतमा पार्टीले प्रयोग गर्दै आएको झण्डा र चुनाव चिह्नका रुपमा प्रयोग भएर स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा निर्वाचित भएकाले आयोगको निर्देशन पूर्वाग्रही देखिएको पनि राप्रपाको भनाइ छ ।
