२५ जेठ २०८३, सोमबार

निर्माणाधीन सडकको नालीमा परेर मर्‍यो गैँडा

निर्माणाधीन सडकको नालीमा परेर मर्‍यो गैँडा
फाइल तस्वीर।

पूर्व पश्चिम राजमार्गअन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैँडा मरेको छ । 

आइतवार दिउँसो करीब ३:३० बजे गैँडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । 

उनका अनुसार, अन्दाजी ८/१० वर्षको पोथी गैँडा मृत अवस्थामा भेटिएको हो । घटनास्थलतर्फ निकुञ्जको प्राविधिकसहितको टोली पठाइएको उनले जानकारी दिए । 

चालु आर्थिक वर्षमा योसँगै २१ वटा गैँडा मरेका छन् । जसमध्ये दुईवटा चोरी शिकारीले मारेका हुन् भने अन्य प्राकृतिक कारणले मरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्