२५ जेठ २०८३, सोमबार

दशगजा क्षेत्रमा एसएसबीले सुरक्षा पोष्ट बनायो

दशगजा क्षेत्रमा एसएसबीले सुरक्षा पोष्ट बनायो

मोरङको विराटनगरसँग जोडिएको दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सुरक्षा पोष्ट बनाउँदा पनि सरकार भने मौन बनेको छ । विराटनगर वडा नं १६ को दरैयास्थित दशगजामा भारतीय सीमा सुरक्षा बलले आफूखुशी सुरक्षा पोष्ट बनाएको हो । उक्त सुरक्षा पोष्टमा २४ घण्टा नै हतियारसहितका भारतीय सुरक्षाकर्मी बस्ने गरेको स्थानीयवासिन्दाले बताएका छन् । त्यहाँ बसेका एसएसबीले नेपालीलाई दुःख समेत दिने गरेका छन् ।

दुई देशीय सीमानामा कुनै पनि संरचना बनाउन र गतिविधि गर्न नपाइने अन्तर्राष्ट्रिय कानून भएपनि त्यसलाई लत्याउँदै एसएसबीले सुरक्षा पोष्ट बनाएको हो । दशगजाको दुवैतर्फ ९.१ मिटर खाली राख्नुपर्ने प्रावधान भएपनि भारतीय पक्षले पटक–पटक दशगजा मिचेर सडक निर्माण र सुरक्षा पोष्ट राखेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सशस्त्र प्रहरीसँग समन्वय गरेर हटाउन निर्देशन दिइएको बताए । तर, एसएसबीले भने दशगजा क्षेत्र नभएको दावी गरेको छ ।  
हटाउनका लागि दुई देशका सुरक्षा अधिकारीबीच छलफल भएपनि उनीहरुले दशगजा क्षेत्र नभएको दावी गरेको सशस्त्र प्रहरी बल ३ नम्बर गण टंकी विराटनगरका एसपी राजकुमार लामिछानेले बताए । दुवै देशका सुरक्षा अधिकारीबीच छलफल गरेर हटाउन पहल भने भइरहेको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्