×

NMB BANK
NIC ASIA

ओमिक्रोन कहर : प्रभावित हुन थाले सार्वजनिक सेवा

माघ १०, २०७८

NTC
Premier Steels

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै बागलुङमा सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् ।

Muktinath Bank

सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई स्थगन गरेको छ । चार जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा पनि मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले कार्यालय सञ्चालनमा कठिनाइ उत्पन्न भएको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताए ।


Advertisment
Nabil box
Kumari

    अर्को सूचना नआइञ्जेलसम्मलाई कार्यालयको सेवा प्रवाह स्थगन गरिएको उनले जनाए । मालपोत सेवाग्राहीको बढी भीड लाग्ने कार्यालय हो । सेवा रोकिएपछि बेलैमा सेवा लिनबाट सर्वसाधारण वञ्चित हुने स्थिति सिर्जना भएको छ ।

Vianet communication

मालपोतको सेवा लिन दूरदराजदेखि सर्वसाधारण सदरमुकाम आउँछन् । यातायात व्यवस्था कार्यालयले पनि कोरोना महामारीको नयाँ लहर आएपछि सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिन सकेको छैन । कार्यालय प्रमुख पारसिंह थापाले अन्य सेवा प्रवाहमा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालनामा ध्यान दिइएको बताए । 

    “लाइसेन्सको ट्रायलमा बढी भीडभाड हुने र व्यवस्थापनमा चुनौती देखिएपछि अहिले त्यसको परीक्षा हुन सकिरहेको छैन”, उनले भने, “अरु नियमित सेवा लिन आउने सेवाग्राहीको पनि अहिले कार्यालयमा चाप कम छ ।” उनले रोकिएको ट्रायल परीक्षाबारे सरोकार भएका पक्षसँगको छलफलपछि थप निर्णय लिइने बताए । सेवाग्राही बढी आउने जिल्ला प्रशासन, नापीलगायतका कार्यालयमा सङ्क्रमणको जोखिम उच्च छ । कतिपय सार्वजनिक क्षेत्रमा जनस्वास्थ्य मापदण्डको पालनामा हेलचेक्राइँ भएको देखिन्छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले नयाँ नियम बनाएको छ ।

    बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिने भएका छन् । आइतबार/सोमबार बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका, मङ्गलबार/बुधबार गलकोट नगरपालिका र ताराखोला गाउँपालिका, बिहीबार÷शुक्रबार जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने भएको छ । 

    यस्तै बुर्तिबाङमा रहेको इलाका प्रशासन, मालपोत र नापी कार्यालयले आइतबार÷सोमबार ढोरपाटन नगरपालिका, मङ्गलबार/बुधबार निसीखोला गाउँपालिका, बिहीबार÷शुक्रबार बडिगाड र तमानखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिनेछ ।

    तालिकामा उल्लेख गरिएकाबाहेक अन्य स्थानीय तहका सेवाग्राहीलाई सबै दिन सेवा दिने निर्णय भएको केन्द्रले जनाएको छ । केन्द्रको सिफारिस र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आज जारी गरेको आदेशमा सो कुरा उल्लेख छ । 

    प्रजिअ ढकालका अनुसार महामारीसँग जुध्न सोमबार मध्यरातदेखि लागू हुने गरी थप नियम र मापदण्ड तोकिएको हो । मानिस भेला भएर गरिने सबैखाले कार्यक्रम, सभा, सम्मेलन माघ मसान्तसम्म गर्न नपाइने भएको छ । धार्मिकस्थलमा नित्य पूजापाठ मात्र गर्न पाइने नियम तोकिएको छ । यस्तै बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन  १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

    विवाह, व्रतबन्ध, धार्मिक तथा सांस्कृतिक जात्रा, अनुष्ठान आदिमा पनि २५ भन्दा बढी सहभागी हुन नपाइने गरी मापदण्ड तोकिएको छ । होटल तथा रेष्टुराँमा पनि मङ्गलबारदेखि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीले खोप कार्डका आधारमा मात्र सेवा लिन पाउनेछन् । स्वास्थ्य कार्यालयको आँकडा अनुसार जिल्लामा हाल ३३९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दो छ । आइतबार मात्र ३६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । रामबहादुर थापा,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x