२६ जेठ २०८३, मंगलबार

ऋणमा डुबेका व्यक्तिले लुटे बैंक, सीसीटीभीमा देखियो लुट (भिडियो)

माघ १०, २०७८
ऋणमा डुबेका व्यक्तिले लुटे बैंक, सीसीटीभीमा देखियो लुट (भिडियो)

भारतको बेंगलुरुमा ३५ लाख भारु ऋण तिर्नका लागि एक व्यक्तिले बैंक लुटेको भिडियो सार्वजनिक भएको छ । 

उनले कर्मचारीहरूलाई चक्कु देखाएर ८५.३८ लाख भारु लुटेका थिए तर पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । 

धिरज एस नामक ती मेकानिलक इन्जिनीयर एसबीआईको शाखामा पुगेर लुटपाट गरेका थिए । 

अनुहार मास्कले छोपेर धिरजले एक कर्मचारीलाई चक्कु देखाई लकरको ताला खोल्न लगाएका थिए । डराएका कर्मचारीहरूले उनको आज्ञा मानेका थिए । 

उनी नगद र सुनचाँदी लुटेर भागेका थिए । 

बैंकले प्रहरीसमक्ष उजुरी दर्ता गरेपछि प्रहरीले विभिन्न टोली खटाएर उनलाई जनवरी १८ को साँझ पक्राउ गरेको थियो । 

धिरजले बैंक लुटेको सीसीटीभी फूटेज सार्वजनिक भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्