२८ असार २०८३, आइतबार

ओली भन्छन् : तराई- पहाड–हिमाललाई विभाजित गरेर ‘दुई राष्ट्रियता’ स्थापित गर्न खोजियो

कात्तिक २०, २०७४
ओली भन्छन् :  तराई- पहाड–हिमाललाई विभाजित गरेर  ‘दुई राष्ट्रियता’ स्थापित गर्न खोजियो
काठमाडौं, १६ पुस– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको संविधान संशोधनको प्रस्तावले मुलुकमा राजनीतिक सङ्कट उत्पन्न भएको आरोप लगाएका छन् ।

उनले संविधान निर्माण गर्ने मुख्य दलहरूबीच दूरी बढेको र समाजमा द्वन्द्व सिर्जना भएको बताएका छन् । ओलीले नेकपा (एमाले) लगायत संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गरेका दललाई निषेध गर्दै अगाडि सारिएको संशोधन विधेयकले राजनीतिक धु्रवीकरण सिर्जना गरेको बताएका छन् ।


‘२०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण प्रयाश केन्द्रित गर्नुपर्ने बेला सुरु भएको असान्दर्भिक संशोधन प्रयाशले निर्वाचनलाई अनिश्चित बनाएको छ ।’ आज एक अपिल जारी गर्दै एमाले अध्यक्ष ओलीले भनेका छन्,‘ मिलेर बसेको नेपाली समाजमा विभिन्न नाममा विद्वेष ल्याउने र किस्ता–किस्तामा तराई र पहाड–हिमाललाई विभाजित गरेर तथाकथित ‘दुई राष्ट्रियता’ को मान्यता स्थापित गर्ने दुराशय लुकेको छ ।’

एमाले अध्यक्ष ओलीले ९० प्रतिशत सांसादहरुको सहमतिलाई सरकारले भत्काउन खोजेको आरोप लगाए । ‘मुलुकलाई सहज अवस्थामा फर्काउनुको साटो सरकार धम्कीको भाषा बोल्दै वातावरणलाई निरन्तर उत्तेजित र थप जटिल बनाउन उद्यत् देखिएको छ । ’ अपिलमा भनिएको छ ।

पुस २२ गते काठमाडौंमा ८ दलको सहभागितामा जनप्रदर्शनको तयारी गरेको एमालेले उक्त सभामा सहभागिताको लागि अपिल जारी गर्दैे संकट समाधानको लागि संशोधन विधेयक फिर्ता लिनु र मुलुकलाई निर्वाचनको दिशामा अगाडि बढाउनुपर्ने बताए ।

निर्वाचनलाई अन्यौल र अनिश्चयमा धकेलेर संविधान संशोधनका नाममा गरिने कुनै पनि जनविरोधी र देशघाती काम किमार्थ स्वीकार्य नहुने ओलीले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्