२९ जेठ २०८३, शुक्रबार

अछाममा एमाले र माओवादी कार्यकर्ताबीच झडप, गम्भीर घाइतेलाई हेलिकप्टरबाट लगियो

कात्तिक २०, २०७४
अछाममा एमाले र माओवादी कार्यकर्ताबीच झडप, गम्भीर घाइतेलाई हेलिकप्टरबाट लगियो
अछाम, १६ असार– अछामको रामारोशन गाउँपालिकामा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । झडपमा चार जना माओवादीका कार्यकर्ता घाइते भएका छन् ।

रामारोशन गाउँपालिकाको वडा नम्बर एकमा माओवादी केन्द्रले जीतको घोषणा नभइ विजय उत्सब मनाउन थालेपछि एमाले कार्यकर्ताले आक्रमण गरेका थिए ।

घाइते मध्ये दुई जनालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।

हिजो राती भएको उक्त घट्नामा परी सुरत साउँद, टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद, कमल साउद, पुरन साउद, कृष्ण साउद र बम बहादुर साउद घाइते भएको माओवादी केन्द्रले जनाएको छ । घाइतेमध्ये सुरत साउद र टेकबहादुर विकलाई उपचारका लागि केहिबेर अघि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ ।
घाइते दुबैको टाउको र शरीरका बिभिन्न भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न पाँच जना एमाले कार्यकर्तालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्