असार १४, २०७९
सञ्चालनमा आएको छोटो समयमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) विदेशी विमान कम्पनी र यात्रुको रोजाइमा परेको छ । २०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि विमानस्थलले व्यावसायि...
अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा २ गुणा बढी लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन् ।
बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा २ गुणा लगानी बढाउन आग्रह गरेका हुन् ।
‘यो ५७औं वार्षिकोत्सव समारोह सँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ,’ उनले भने, ‘यसलाई सकेसम्म २ गुणा वृद्धि गर्नुहुनेछ ।’
जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै लगानी त्यसमा लगानी बढाउन आग्रह गरेका हुन् ।
मन्त्री शर्माले आत्मनिर्भर हुनका लागि लगानी अतिआवश्यक रहेको बताउँदै बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाए ।
उनले राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो,’ उनले भने, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ ।’
उनले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थालाई पनि शिक्षा दिन सक्नुपर्ने बताए ।
सञ्चालनमा आएको छोटो समयमा रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जीबीआईए) विदेशी विमान कम्पनी र यात्रुको रोजाइमा परेको छ । २०७९ जेठ २ गते (बुद्ध पूर्णिमा) देखि विमानस्थलले व्यावसायि...
कृषिप्रधान देश नेपालमा वर्षेनी २७ अर्बको चामल र १५ अर्बको धान आयात हुने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार मुलुकबाट जेठ मसान्तसम्म प्रमुख खाद्यान आयातमा अर्बौँ रकम बाहिरिएको हो ।...
खराब मौसमका कारण दुर्गममा मंगलवार तारा एअरको कुनै पनि उडान हुन सकेको छैन । काठमाडौंबाट लुक्ला, फाप्लुमा हुने सम्पूर्ण उडान रद्द गरिएका छन् । नेपालगन्ज तथा सुर्खेतबाट...
लुम्बिनी प्रदेशको बजेट बुधवार पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका साथ प्रदेश सभाबाट पारित भएको छ । सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ४२ अर्ब ६३ करोड ७ लाख रुपैयाँको बजेट ल्य...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सुरक्षाका लागि जोखिम बनेका रुखपोलहरू हटाइने भएको छ । रिठेपानी डाँडास्थित जोखिमजन्य अवस्थामा रहेका रुख–पोलहरू हटाउन वन तथा भू–संरक्षण विभाग र न...
मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको रकम कर्मचारीले हिनामिना गरेको खुलेको छ । कर्मचारीले ३१ लाख रुपैयाँ हिनामिना भएको पाइएको छ । सहकारीको सेवा केन्द्र गोठगाउ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...