
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमित भएकाहरूको संख्यामा कमी आउन थालेको छ ।
सरकारी अधिकारीहरूले सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला केही दिनमा भारतमा दैनिक संक्रमितहरुको संख्या घट्दै गइरहेको देखिएको हो ।
मंगलबार बिहान सार्वजनिक गरिएको विवरणमा भारतमा थप दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भएका छन् ।
अघिल्लो दिन सोमवार बिहान सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा तीन लाख ६ हजार ६४ जना नयाँ संक्रमित भएका थिए । आइतवारको तुलनामा सोमवार दैनिक संक्रमितहरुको संख्या २७ हजार ४६९ ले घटेको थियो ।
भारतमा अहिले कोरानाभाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या २२ लाख ३६ हजार ८४२ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६७ हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
भारतमा अहिले एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको संख्या बढी देखिएको छ । यसले गर्दा सक्रिय संक्रमितहरूको संख्या पनि घट्दै गएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६१४ जनाको मृत्यु भएको छ । -रासस/एएनआई