२५ जेठ २०८३, सोमबार

काठमाडौं आइपुग्यो १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

काठमाडौं आइपुग्यो १६ लाख ६० हजार मात्रा मोडर्ना खोप

नेपालमा कोरोना भाइरस विरुद्धको मोडर्ना खोप १६ लाख ६० हजार मात्रा आएको छ ।

विश्व बैंकको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत १६ लाख ६० हजार मात्रा मोडर्ना खोप सोमवार साँझ काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

मोडर्ना खोप १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइने छ । उनका अनुसार हालसम्म नेपालमा करीब ४ करोड १९ लाख मात्रा खोप आइसकेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्