२३ जेठ २०८३, शनिबार

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

बाँकेमा एक कोरोना संक्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मंगलवार मृत्यु भएको छ । 

कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको बिहान मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । 

कोरोना सङ्क्रमणबाट बाँके जिल्लामा मृतकको सङ्ख्या ३४६ पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्