डडेल्धुरा, १६ असार– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
गन्यापधुराको अध्यक्षमा नवलबहादुर मल्ल विजयी भएका हुन् । उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै कमलादेवी ठगुन्ना विजयी भएकी छन् ।
एमाले उम्मेदवार विरेन्द्रबहादुर मल्ललाई पराजित गर्दै नवलबहादुर गन्यापधुराको अध्यक्षमा विजयी भएका हुन् । सरकारी जागिरबाट राजीनामा दिएर कांग्रेसका उम्मेदवार बनेका नवलबहादुर अध्यक्षमा विजयी भएका छन् ।