११ असार २०८३, बिहीबार

नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि गयो पहिरो, बाटो अवरुद्ध

कात्तिक २०, २०७४
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि गयो पहिरो, बाटो अवरुद्ध

चितवन, १६ असार -नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार असपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २।५ किमी नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।

बिहान खसेको पहिरो पन्छाउन नपाउँदै ठूलो पहिरो खसेको थियो । पहिराले ५० मि सडक ढाकेको छ । खनालका अनुसार करिब आठ हजार घनमिटर पहिरो खसेको छ । पहिरो पन्छाउने क्रममा दुई वटै लोडर नारायणगढतर्फ परेकाले एकापट्टिबाट मात्र पहिरो पन्छाउने काम भइरहेको छ । एउटा ब्रेकरले ढुङ्गा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम भइरहेको खनालले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्