२४ जेठ २०८३, आइतबार

पूर्वखोला १, २ र ३ मा एमाले विजयी

कात्तिक २०, २०७४
पूर्वखोला १, २ र ३ मा एमाले विजयी

रामपुर (पाल्पा), १६ असार - पूर्वखोला गाउँपालिका–१, २ र ३ मा नेकपा (एमाले)को समूह नै विजयी भएको छ ।

       वडा नं १ मा भोगबहादुर थापा मगर एक हजार २१४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका युद्धबहादुर वीरकट्टाले  ५७८ मत ल्याउनुभएको छ । वडा नं २ मा निलबहादुर सारु एक हजार २१३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका इच्छाबहादुर वीरकट्टाले ५७८ मत ल्याउनुभएको छ ।

       त्यस्तै वडा नं ३ मा एमालेकै नीलबहादुर भट्टराई ८३० मत ल्याई  विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका किशोर पङ्गेनीले २३९ मत पाउनुभएको छ ।

 निस्दी २ र ६ मा एमाले

       निस्दी गाउँपालिका–२ र ६ मा  एमालेका समूह नै विजयी भएका छन् । वडा नंं २ मा  एमालेका पूर्णबहादुर बाकाबलले ७४० मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का टेकबहादुर चुहानले ९८ मत ल्याउनुभएको छ । त्यस्तै वडा नं ६ मा एमालेकै मेखबहादुर सुनारी ७९६ मत ल्याई विजयी भएको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो  । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका यमबहादुर सार्कीले १३८ मत पाउनुभएको छ ।

 माथागढीका पाँच वडामा काँग्रेस

       माथागढी गाउँपालिकाका पाँच वटा वडामा  काँग्रेसका समूहहरु नै  विजयी भएका छन् । वडा नं १ मा  काँग्रेसका शिवप्रसाद शर्मा ९५१ मत ल्याई विजयी हुनुभएको छ ।  उहाँका निकटतम प्रतिस्पर्धी एमालेका पूर्णबहादुर सारुले ६४० मत ल्याउनुभएको छ । वडा नं २ मा कांँग्रेसकै जनक रिजालसहितको समूह विजयी भएको छ । रिजेलले ५१२ र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका तुल्सीराम भुसालले ४०३ मत पाउनुभएको छ ।

       वडा नं ६ मा काँंग्रेसकै रनबहादुर खाम्चा राना ७८५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका यमबहादुर गाहाले ३१९ मत ल्याउनुभएको छ । वडा नं ७ मा कांँग्रेसकै जङ्गबहादुर थापा ५५२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका लोकबहादुर ढेंगाले ३४४ मत पाउनुभएको छ ।

       माथागढीकै वडा नं ८ मा कांँग्रेसका डिलबहादुर ढेगा मगर ३८२ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी एमालेका गुनुमाया मश्राङ्गीले २३५ मत पाउनुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्