असार १७ – पाल्पाको माथागढी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको । उक्त गाउँपालिकाको प्रमुखमा कांग्रेसका सन्तोष थापा विजयी भएका हुन् । उनले ६ हजार ९५ मतसहित जित हासिल गरेका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विमलप्रसाद काफ्लेले ४ हजार २१ मत ल्याए ।
त्यस्तै, उक्त गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रसले नै जित हासिल गरेको छ । कांग्रेसका उपाध्यक्षका उम्मेदवार विजयी भट्टराईले ५ हजार ६ सय २४ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी एमालेकी मायाचिदिले ४ हजार १ सय १ मत ल्याईन् ।
त्यस्तै, निस्दी गाउँपालिकामा भने एमाले विजयी भएको छ । उक्त गाउँपालिकाबाट एमालेका उम्मेदवार मुतmबहादुर सारुले ५ हजार ३ सय २० मतसहित जित हासिल गरेका हुन् ।
त्यस्तै, उपाध्यक्षमा पनि एमालेले नै जितेको छ । उपाध्यक्षमा उम्मेदवार रीता कुमारी अर्यालले ५ हजार ३ सय ६५ मतसहित विजयी भईन्